त्रिशूलीमा फेला परेका पहिचान नखुलेका शव डिएनए नमुना लिएर चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै
दमौली । भोटेकोशीमा आएको भीषण बाढीका कारण देवघाटस्थित त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवहरू व्यास नगरपालिका ५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ ।
भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी शवहरूको व्यवस्थापन गर्न लागिएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए। उनले शव व्यवस्थापन गर्नुअघि सबै कानुनी तथा वैज्ञानिक प्रक्रियाहरू पूरा गरिएको स्पष्ट पारे ।
प्रशासनका अनुसार शव पहिचानका लागि डिएनए नमुना संकलन, तस्बिर तथा अन्य आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र व्यवस्थापनको काम अघि बढाइएको हो। तनहुँ क्षेत्रमा हालसम्म ३७ वटा शव फेला परेकामा २४ वटा पोखरा पठाइएको छ भने १४ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज विश्व ग्रामीण विकास दिवस मनाइदै
काठमाडौँ । हरेक वर्ष जुलाई ६ मा विश्व ग्रामीण विकास दिवस मनाइन्छ । ग्रामीण समुदायले खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, कृषि उत्पादन र दिगो विकासमा पुर्याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२४ स...
आगलागीबाट दैनिक क्षति, सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईव...
यी तीन प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदे...
सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?
काठमाडौँ । आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ मे २५ तारिख । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।
शिवका लागि सम...


