दुर्गा प्रसाईं पक्राउबारे मानव अधिकार आयोगको चासो
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ। साथै, देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गर्दछ।’
प्रसाईँलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा आयोगले अनुगमन समेत गरेको छ । आजै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी प्रसाईँ र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी लिएको हो । प्रसाईँलाई आज राती १२,३० बजे निजको निवास सानो ठिमी, भक्तपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
ग्यास सिलिन्डर विस्फोट हुँदा विश्वकर्माको मृत्यु
बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए । उपचा...
आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्याउन चुनौती
काठमाडौँ । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा...
गोरखा माइक्रो दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो
गोरखा । गोरखामा माइक्रो दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो...
‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै
काठमाडौँ । ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले &nb...
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकोप्रति आपत्ति
काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ । एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक...
लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँ । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साध...



