दुर्गा प्रसाईं पक्राउबारे मानव अधिकार आयोगको चासो
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ। साथै, देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गर्दछ।’
प्रसाईँलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा आयोगले अनुगमन समेत गरेको छ । आजै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी प्रसाईँ र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी लिएको हो । प्रसाईँलाई आज राती १२,३० बजे निजको निवास सानो ठिमी, भक्तपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका सबै काम रोक्न आदेश दिएको हो ।
यसअघि गत शुक्रबार नै सर्वोच्चले आयोगका कामकार...
भक्तपुरमा आजदेखि बिस्केट जात्रा, ९ दिनसम्म चल्ने
काठमाडौँ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।
भक्तपुरको...
आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै : यन्त्र, औजार र सवारी साधनको विधिपूर्वक पूजाआराधना
काठमाडौँ । आज आश्विन सङ्क्रान्तिका दिन कालिगढ तथा श्रमिकहरूले भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी विश्वकर्मा पर्व तथा वास्तु दिवस मनाउँदैछन् । यस अवसरमा देशभरका विभिन्न कलकारखाना, उद्योग र कार्यशालाहरूलाई विशेष रूपमा सजाएर श्रमिकहरूले भव...
मौसम पूर्वानुमान : उपत्यकाको तापक्रम घट्दो क्रममा
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भन...
पशुपति आएका साधुहरूले फर्किने बेला २१ थरी उपहार पाउने, राष्ट्रपतिले गरे संकल्प
काठमाडौँ । रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई प्रदान गरिने सामग्रीको औपचारिक संकल्प गरेका छन् । हरेक वर्ष फाल्गुन कृष्ण त्रयोदशीमा मनाइने महाशिवरात्रि अघि एकादशीको बिहान राष्ट्राध्यक्षबाट साध...
उपत्यकामा पुष ७ गते शैक्षिक हड्ताल घोषणा, १२ बुँदे माग अघि सार्दै जनपक्षीय विद्यार्थी युनियन
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शिक्षा, न्याय र स्वतन्त्रताका सवालमा सरकार गम्भीर नभएको आरोप लगाउँदै पुष ७ गते काठमाडौं, ललितपुर र भक्तपुरमा उपत्यकाव्यापी शैक्षिक हडताल घोषणा गरेको छ । केन्द्रीय समितिद्व...



