कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?
काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।
ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमजोर हुँदा समाजमा हेपिएकोदेखि सानो काम गरेको व्यक्ति हुन्। उनै गणेश पात्रको काठमाडौंको यात्रा, त्यहाँ भोग्नुपर्ने संघर्ष र उताडचडावको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। हास्यरस र भावना मिसिएको ट्रेलर मार्मिक पनि रहेको छ। फिल्मको ट्रेलरमा बल्छीसँगै वर्षा शिवाकोटी लगायतका कलाकारलाई देख्न सकिन्छ ।
‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका बल्छी धुर्बेले टेलिचलचित्र निर्देशन गरेका थिए । उनले बनाएका टेलिश्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन्। बल्छी धुर्बे फिल्मस्को प्रस्तुति रहेको यस फिल्ममा उनकै कथा रहेको छ । फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतको अभिनय छ। यो फिल्म आगामी माघ १ गतेबाट नेपालभरका हलमा रिलिज हुँदैछ ।
एक्सप्रेस
सम्बन्धित खबर
अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ : दीपकराज गिरी
काठमाडौँ । कलाकार दीपकराज गिरीले अहिले संसदमा महिला, दलित तथा उत्पीडित वर्गको उल्लेख्य प्रतिनिधित्व हुनु माओवादी जनयुद्धको परिणाम भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले वर्तमान राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका रहेको उल्लेख गरेका...
गायक प्रशान्त तामाङको निधन
काठमाडौँ । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रशान्तको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका...
एलिना चौहान र जिके पोख्रेलको स्वरमा नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक
काठमाडौँ । जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्य प्रधान गीत ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् ।...
‘धुरन्धर’ को पटकथा चोरी मुद्दामा आदित्य धरलाई राहत
काठमाण्डौँ । फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धरस् द रिभेन्ज’ मा पटकथा चोरीको आरोपमा फिल्म निर्माता सन्तोष कुमारलाई बम्बई उच्च अदालतले राहत दिएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर, द रिभेन्ज’ मा प...
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
काठमाडौँ । समाचार एजेन्सी आईएएनएसका अनुसार वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ । रिपोर्टका अनुसार, ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे । उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा...
लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा
काठमाण्डौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौँ महाधिवेसनक...



