शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?

Main News Image

काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।

ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमजोर हुँदा समाजमा हेपिएकोदेखि सानो काम गरेको व्यक्ति हुन्। उनै गणेश पात्रको काठमाडौंको यात्रा, त्यहाँ भोग्नुपर्ने संघर्ष र उताडचडावको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। हास्यरस र भावना मिसिएको ट्रेलर मार्मिक पनि रहेको छ।  फिल्मको ट्रेलरमा बल्छीसँगै वर्षा शिवाकोटी लगायतका कलाकारलाई देख्न सकिन्छ ।

‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका बल्छी धुर्बेले टेलिचलचित्र निर्देशन गरेका थिए । उनले बनाएका टेलिश्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन्। बल्छी धुर्बे फिल्मस्को प्रस्तुति रहेको यस फिल्ममा उनकै कथा रहेको छ ।  फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतको अभिनय छ। यो फिल्म आगामी माघ १ गतेबाट नेपालभरका हलमा रिलिज हुँदैछ । 

mediabaaji add

सम्बन्धित खबर

चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक

काठमाडौँ । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हो । संगीत किरण भुसालले र  शब्द अविरल थापाको रहेको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमान‍का श...

विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक

काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।

रामकृष्णा ख...

यस्तो छ तीन चलचित्रको व्यापार

काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...

गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत...

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ। जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले...

धुर्मुस भन्छन् _आश्मा न्याय पाउन आफ्नो मातृभूमि फर्किएकी थिइन्, तर राज्यको मुद्दा फेरि विदेशमा सारियो !

काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले न्याय पाउने आशामा छोरीसहित मातृभूमि फर्किएको बताएका छन् । उनले दुई महिनासम्म राज्यका विभिन्न निकायसँग परामर्श गर्दा पनि आफ्नो समस्या समाधान हुन नसकेको र फेरि विदेश फर्कन बाध्य भएको...