मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

यस्तो छ आजको मौसम पूर्वानुमान

Main News Image

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ । काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।

mediabaaji add

सम्बन्धित खबर

उदयपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ ।  उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा  ४।३  रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उदयप...

पाँच एसएसपीको नाम डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको हो ।

प्रधान सेनापति सिग्देल एक साताका लागि चीन प्रस्थान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि आज त्यसतर्फ गएका हुन् । प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणका क्रममा उनले च...

मिथिलाञ्चलमा माघे संक्रान्तिको तयारी गरिँदै

काठमाडौँ । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे संक्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे संक्रान्ति पर्व मिथिलाञ्चलमा तिला संक्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ । यहाँका लोकभाषामा तिला संक्रान्ति भनिन्छ भने कतै कतै तिला संक्रायत पनि भनिन्...

अस्ट्रेलियामा अनियन्त्रित कार घर भत्काउँदै भित्र पस्यो, सुतिरहेकी नेपालीको मृत्यु

काठमाडौँ । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङको दुर्घटनामा मृत्यु भएको हो । परिवारका अनुसार उनी ३ दिन अघि मात्र नेपालबाट अस्ट्रेलिया पुगेक...

सरकारी खर्च कटौती र मितव्ययिताका नाममा सरकारी उच्च अधिकारीलाई नगद सुविधा थप्ने तयारी

काठमाडौँ । उच्च तहका सरकारी अधिकारीहरूले सुविधाको गाडी आफैँ चलाएमा सवारी चालक ड्राइभरले पाउने बराबरको तलब रकम आफैँले पाउने भएका छन् । सरकारले तयार पारेको ‘सरकारी कर्मचारीहरूको सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा यस्तो नया...