बिहिबार, १२ कात्तिक २०८३
नेपाली

रवि लक्षित हर्कको टिप्पणी : जसले नेपाली नागरिकता त्याग्यो, उसैले देश बनाउने रे !

Main News Image

काठमाडौँ । धराम उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा तीखो आलोचनाका लागि चर्चित छन् । मन नपरेको र आफूलाई लागेको जुनसुकै विषय पनि उनी तत्काल प्रतिक्रिया जनाइहाल्छन् । आफू पनि श्रम गर्ने र अरुलाई पनि श्रमदान गर्न लगाएर विकास निर्माणको काम गरेका कारण लोकप्रिय रहेका उनी सामाजिक सञ्जालकै कारण आलोचित समेत छन् ।

हालै उनले थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीखो कटाक्ष गरेका छन् । हर्क लेख्छन्, ‘नौ नौ वटा मुद्दा लागेर थुनामा बसेकाले, जसले विदेशी सेवा सुविधाका लागि नेपाली नागरिकता त्याग्यो उसैले देश बनाउने र बचाउने रे भन्दा पत्याउनु हुन्छ ?’

रवि लामिछाने जेनजी आन्दोलनमा जेलबाट बाहिर निस्किएको विषयमा उनीसँग हालै आन्दोलन छानबिन समितिले बयान लिएको थियो । सो कुरालाई समेत हर्कले कटाक्ष गर्न भ्याएका छन् । ‘जेलमा रहेकाको बयान सरकारले लिन्छ कि अदालतले कुरा नबुझेको ?’ उनले लेखेका छन् ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा रविमाथि विभिन्न अदालतमा मुद्दा विचाराधीन छन् । जेनजी आन्दोलनले मूलधारका राजनीतिक दलहरूको सरकार ढलेपछि नयाँ राजनीतिक दल खोल्ने र चुनावको तयारी गर्ने क्रम तीब्र छ । यसै सन्दर्भमा मेयर साम्पाङले पनि श्रम संस्कृति पार्टी दर्ता गरेका छन् ।

नयाँ दल तथा स्वतन्त्र व्यक्तिहरू मिल्नुपर्ने दबाबबीच साम्पाङले कहिले रविको कटाक्ष गर्छन् त कहिले बालेन्द्र शाहको । यही विषयका कारण उनको आलोचनासमेत भइरहेको छ । हर्कको स्ट्याटसमा धनकुमारी राई लेख्छिन्, ‘मरिच आफ्नै गन्ध रागले आफै खुम्चिन्छ यहि पारा हो भने तपाईको पनि बेर छैन।’ यस्तै, ईश्वर भण्डारीले लेखेका छन्, ‘मेयर साब अरुको खेदो नखनी आफ्नु हिसाबले अघि बढ्नु पर्छ। जनताले चाहेकै त्यस्तो नेता हो ।’

 

mediabaaji add

सम्बन्धित खबर

सर्वोच्चको आदेश उल्लंघन गर्दै सरकारले ११ देशका राजदूतलाई पुनः पत्र पठायो

काठमाडौँ । सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै सरकारले ११ देशका राजदूतलाई पुनः स्वदेश फर्कन पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार सबै राजदूतलाई काठमाडौँ उपस्थित भई मन्त्रालय मातहत काम गर्न निर्देशन दिँदै...

कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित

सुर्खेत । कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित गरिएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने सङ्कल्पसहितको ६ बुँदे प्रस्ताव पारित गरिएको हो ।

कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमु...

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

काठमाण्डौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो। महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले क...

देशलाई इमानदार नेतृत्व खाँचो हो, लोकप्रिय नारा होइन : बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशलाई इमानदार नेतृत्व खाँचो रहेको छ लोकप्रिय नाराले देश नबन्ने बताउनु भएको छ । हामीलाई अव देशको विकास गर्नु छ भने, भाषण र कागजी नाराले लोकप्रिय बन...