लामो दुरी चल्ने गाडीमा जीपीएस जडान
काठमाडौँ । ट्राफिक प्रहरीले बुधबारदेखि लामोदुरी चल्ने गाडीमा जीपीएस जडान गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गुड्ने सवारी साधनमा सीसीटिभी तथा ड्याशबोर्ड क्यामेरा जडान सुरु गरेको छ ।
यातायात व्यवसायीहरूसँगको समन्वयमा सबै खाले यात्रु वाहक सार्वजनिक यातायातका साधनमा सुरक्षाका लागि यस किसिमको प्रबन्ध गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले यसका लागि सरोकारवाला र व्यवसायीसँग छलफल तथा समन्वय र सहमति गरिएको जानकारी दिए ।
दुर्घटनाको अनुसन्धान, सडक सुरक्षा लगायत चोरी, पकेटमार आदि जस्ता आपराधिक गतिविधिबाट सुरक्षा कायम गर्न सीसीटिभी क्यामेरा जडान गर्न लागिएको हो,उनले भने ।
एक्सप्रेस
सम्बन्धित खबर
संघीय निर्णय अस्वीकार : कनकासुन्दरी गाउँपालिकामा आइतबार पनि विद्यालय खुल्ने
काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुईवटा महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै नयाँ नियम लागू गरेको छ । गाउँपालिकाले संघीय सरकारले तोकेको आइतबारको सार्वजनिक बिदा नमानी वैशाख ७ गतेदेखि नै नियमित पठनप...



