गोपाल किरातीको प्रश्न : ज्ञानेन्द्र शाह र प्रचण्डमा कसरी फरक छुट्टाउने ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल किरातीले पार्टी नेताहरूको शैली राजा महाराजाको जस्तो रहेकोमा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता किरातीले पार्टी गतिविधि र नेताहरूको कार्यशैलीमाथि प्रश्न गरेका हुन् । उनले पार्टी प्रवेश कार्यक्रममा मञ्चमा देखिने भीड र शीर्ष नेताहरूलाई सुरक्षा दिने नाममा भएका तामझामप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाका नाममा गरिएको तडक भडक र उद्दण्डता गढीमाईको मेलामा राँगो लगेजस्तो देखिएको उनको भनाई छ । उनले भनेका छन्– ‘हिजो २०८२ मङ्सिर ११ गते राष्ट्रिय सभागृह, काठमाडौँमा एकतासभा आयोजना गरिएको विद्वतै छ। अस्ति क। भीम रावल र जेड पुस्तासँगको कार्यक्रममा बिरामीका कारण हामी सहभागी रहन सकेनौँ। केही हिँडडुल गर्न सकिने भएकोले हिजो चाहिँ हामीले सभागृहको कार्यक्रममा सहभागिता जाहेर गर्यौँ। तर, दुःखका साथ भन्नुपर्छ, गद्दाजनक मञ्चाशन अथवा मञ्च आसनले कार्यकर्ताहरू भन्दै थिए, नेताहरूको खुट्टी देखियो १’
उनले सुझाव दिएका छन्– ‘नेकपा र जसपा एकीकरण समुहसहित पाँच समूहको एकतासभामा मुख्यतः पाँच समूहका प्रमुखहरू मञ्चको अग्ररोहमा बस्नु पर्दथ्यो। त्यसमा जेड पुस्ताकी मुस्कान खातुन पनि अनिवार्य पर्दथिन् । किनभने, त्यस कार्यक्रमका नायकहरू उहाँहरू नै हुनुहुन्थ्यो। परन्तु, मञ्च यत्ति खचाखच भरिएको थियो कि जसपाका राजेन्द्र श्रेष्ठ र अर्को समूहका एक प्रमुख अग्ररोहमा त हुनुहुन्थ्यो, तर दुई जना मात्र बस्न मिल्ने शोफामा तीन–तीन जना खाँदिएर निक्कै अप्ठेरो गरी बसिरहेको देख्नु पर्यो। अरू समूहका प्रमुखहरू तथा मुस्कान खातुनको स्थान लाखापाखा किनारातिर झैँ हुँदा सभागृहको कार्यक्रम पाँच समूहबीच एकतासभा हो कि कुनै पूर्व समूहको प्रहशनसभा हो, क्रान्तिकारी चेतका कार्यकर्ता तथा पत्रकार साथीहरू रणभुल्ल लाग्थे।’
अबोप्रान्त कार्यक्रम सम्बद्ध बाहेकका मानिस मञ्चमा नबस्ने, बस्न नपाउने, सहभागी हुने तर उनीहरू जनता या कार्यकर्ताको पङ्क्तिमा बस्नु पर्ने संस्थागत विधि यथाशीघ्र निर्माण गर्न पनि उनले माग गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज गृहमन्त्रीसहित चार वटै सुरक्षा निक...
नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्र...
रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको शक्तिशाली सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सृजना गर्ने गरी बजेट ल्याउन नसकेको बताएका छन् ।&nbs...
कांग्रेस पार्टी फुट्न लागेको सभापति देउवाले नै स्वीकार गरे
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन हुन लागेको कुरा स्वीकार गरेका छन् । कांग्रेभित्रको विवाद समाधान गर्नका लागि सभापतिको ध्यानाकर्षण गराउन पुगेका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो स्वीकार गरेका हु...
पार्टी नेतृत्वको फैसला महाधिवेशले नै गर्छः उपमहासचिव ज्ञवाली
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चि...
झापा फर्किएका ओलीले मतदातालाई पठाउन थाले पत्र
काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गरेको पत्र लिएर कार्यकर्ता घरघरमा पुगेका छन् । झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगतका २९ वटै वडामा नेकपा एम...



