बुधबार, ११ कात्तिक २०८३
नेपाली

गोपाल किरातीको प्रश्न : ज्ञानेन्द्र शाह र प्रचण्डमा कसरी फरक छुट्टाउने ?

Main News Image

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल किरातीले पार्टी नेताहरूको शैली राजा महाराजाको जस्तो रहेकोमा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता किरातीले पार्टी गतिविधि र नेताहरूको कार्यशैलीमाथि प्रश्न गरेका हुन् । उनले पार्टी प्रवेश कार्यक्रममा मञ्चमा देखिने भीड र शीर्ष नेताहरूलाई सुरक्षा दिने नाममा भएका तामझामप्रति असन्तुष्टि जनाएका छन् ।

पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाका नाममा गरिएको तडक भडक र उद्दण्डता गढीमाईको मेलामा राँगो लगेजस्तो देखिएको उनको भनाई छ । उनले भनेका छन्– ‘हिजो २०८२ मङ्सिर ११ गते राष्ट्रिय सभागृह, काठमाडौँमा एकतासभा आयोजना गरिएको विद्वतै छ। अस्ति क। भीम रावल र जेड पुस्तासँगको कार्यक्रममा बिरामीका कारण हामी सहभागी रहन सकेनौँ। केही हिँडडुल गर्न सकिने भएकोले हिजो चाहिँ हामीले सभागृहको कार्यक्रममा सहभागिता जाहेर गर्‍यौँ। तर, दुःखका साथ भन्नुपर्छ, गद्दाजनक मञ्चाशन अथवा मञ्च आसनले कार्यकर्ताहरू भन्दै थिए, नेताहरूको खुट्टी देखियो १’

उनले सुझाव दिएका छन्– ‘नेकपा र जसपा एकीकरण समुहसहित पाँच समूहको एकतासभामा मुख्यतः पाँच समूहका प्रमुखहरू मञ्चको अग्ररोहमा बस्नु पर्दथ्यो। त्यसमा जेड पुस्ताकी मुस्कान खातुन पनि अनिवार्य पर्दथिन् । किनभने, त्यस कार्यक्रमका नायकहरू उहाँहरू नै हुनुहुन्थ्यो। परन्तु, मञ्च यत्ति खचाखच भरिएको थियो कि जसपाका राजेन्द्र श्रेष्ठ र अर्को समूहका एक प्रमुख अग्ररोहमा त हुनुहुन्थ्यो, तर दुई जना मात्र बस्न मिल्ने शोफामा तीन–तीन जना खाँदिएर निक्कै अप्ठेरो गरी बसिरहेको देख्नु पर्‍यो। अरू समूहका प्रमुखहरू तथा मुस्कान खातुनको स्थान लाखापाखा किनारातिर झैँ हुँदा सभागृहको कार्यक्रम पाँच समूहबीच एकतासभा हो कि कुनै पूर्व समूहको प्रहशनसभा हो, क्रान्तिकारी चेतका कार्यकर्ता तथा पत्रकार साथीहरू रणभुल्ल लाग्थे।’

अबोप्रान्त कार्यक्रम सम्बद्ध बाहेकका मानिस मञ्चमा नबस्ने, बस्न नपाउने, सहभागी हुने तर उनीहरू जनता या कार्यकर्ताको पङ्क्तिमा बस्नु पर्ने संस्थागत विधि यथाशीघ्र निर्माण गर्न पनि उनले माग गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

सुधनको राजीनामापछि प्रधानमन्त्रीले नै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन शाह स्वयंले सम्हाल्ने भएका छन् । गुरुङको राजीनामापछि प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले...

ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका आयोजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यात...

जाँचबुझ आयोगले देउवा र प्रचण्डलाई पनि पठायो प्रश्नपत्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ। आयोगले उनीहरूलाई दुवैजनालाई २३ र २४ को घटनासँग सम्बन्धित लिखित प्र...