जेनजी आन्दोलन प्रतिवेदन: २३ गतेको गोलीकाण्डमा सुरक्षा संयन्त्र कठघरामा, २४ गतेको घटनामा आयोग मौनजस्तै
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरि बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मुख्यतः भदौ २३ मा नयाँबानेश्वर क्षेत्रमा भएको झडप र गोलीकाण्डतिरै केन्द्रित देखिएको छ। आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई बुझाइएको प्रतिवेदनमा सो दिनको सुरक्षा रणनीति, प्रहरी परिचालन र गोली चल्ने अवस्थासम्मका घटनाक्रम विस्तारमा उल्लेख गरिएको स्रोतले जनाएको छ।
प्रतिवेदनमा प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षा संयन्त्रले सामान्य सावधानीसमेत नअपनाएको निष्कर्ष निकालिएको बताइएको छ। प्रदर्शनकारी संसद् परिसर पुगेर तोडफोड गर्न थालेपछि भिड नियन्त्रणका अन्य उपाय खोज्नुको सट्टा सिधै गोली प्रहार भएको भन्दै त्यसलाई गम्भीर सुरक्षा चुकका रूपमा औंल्याइएको छ। यस क्रममा तत्कालीन प्रधानमन्त्री केपि ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत केन्द्रीय तथा जिल्ला सुरक्षा संरचनामा रहेका पदाधिकारीहरूको भूमिकामाथि प्रश्न उठाइएको छ, यद्यपि राजनीतिक जिम्मेवारीबारे प्रतिवेदनमा स्पष्ट प्रमाणभन्दा व्याख्यात्मक टिप्पणी बढी रहेको बताइएको छ ।
उता भदौ २४ मा राजधानीका विभिन्न स्थानमा भएका आगजनी, तोडफोड, लुटपाट तथा जेलब्रेकजस्ता घटनाबारे भने प्रतिवेदन अपेक्षाकृत अस्पष्ट रहेको स्रोतको दाबी छ। ती घटनामा के कारणले अवस्था भड्कियो, योजनाबद्ध थियो कि आकस्मिक भन्ने विषयमा आयोगले ठोस निष्कर्ष निकाल्न सकेको छैन र केही विषयमा थप अनुसन्धान आवश्यक रहेको संकेत मात्रै गरेको बताइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
स्वदेश फर्किएका देउवा कांग्रेस बैठकमा सहभागी हुन्छन् ?
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार सकेर स्वेदश फर्किएका छन् । कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती उपचार सकेर शुक्रबार राति काठमाडौँ आइपुगेका हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनक...
शान्ति सम्झौताका दुई दशक पूरा, अझै न्यायको पखाईमा पीडित
काठमाडौँ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बीच शान्ति सम्झौता भएको दुई दशक पूरा भएको छ । ५ मंसीर २०६३ मा भएको विस्तृत शान्ति सम्झौतापछि एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भयो । संक्रमणकालीन न्यायका लागि...
एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी
काठमाडौँ । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमाले का उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए ।
सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए ।
विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौ...
मुख्यसचिव गोविन्द बहादुर कार्कीद्वारा पदबहाली
काठमाडौँ । नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् । बुधबार मन्त्रिपरिषद्को निर्णयबाट मुख्यसचिवमा नियुक्त भएका कार्कीले पदभार ग्रहणसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका हु...
बदलिएको कांग्रेसले बहुमत ल्याउँछ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार पार्टीका नयाँ सदस्यहरूलाई स्वागत गर्दै उनले भने, देशभर कांग्रेसका पक्षमा माहौल बढ्दै गएको छ, आगामी एक हप्ताभित्...



