शुक्रबार, १९ भदौ २०८३
नेपाली

गाईजात्रा पर्व आज मनाइँदै

Main News Image

काठमाडौँ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ ।

विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर तथा टोल परिक्रमा गराउने प्रचलन छ । गाईजात्राका क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने परम्परा छ । 

धार्मिक मान्यताअनुसार यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्ने विश्वास गरिन्छ ।

mediabaaji add

सम्बन्धित खबर

सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश

जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीति...

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना

काठमाडौँ । खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ । विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा १ जना यात्रु घाइते भएका थिए । घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्क...

बजार अनुमगनलाई तीव्र पार्दै विभाग

काठमाडौँ । चाडबाडको समयमा मात्रै बजार अनुगमन गरेको र अन्य समयमा भने चुपचाप बस्ने गरेको भनेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागप्रति गुनासो हुने गरेको थियो। तर, विभागका पछिल्ला गतिविधि र बजार अनुगमनलाई आयोजकले...

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी मनाइँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष...

अघिल्लो दिनभन्दा घट्यो काठमाडौंको न्यूनतम तापक्रम

काठमाडौँ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजो भन्दा तल झरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो । हिजो यस बेला यो तापक्रम ५.५ डिग्री सेल्सियस...

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो

काठमाडौँ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई...