बालेन सरकारको चार महिनाः जनतामा आक्रोश र निराशा, देश ब्ल्याकलिष्टमा पर्ने खतरा !
अनुसा थापा_______
भक्तपुर । नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे–लिष्टमा परेको १८ महिना भयो । २०८१ फागुन ९ गते नेपाल ग्रे–लिष्टमा परेकोमा दुई वर्षभित्र हटाइसक्नुपर्ने प्रावधान छ । ग्रे–लिष्टबाट निकाल्न अब पाँच महिना समय छ । सो अवधिमा हटाउन नसकेमा देश कालोसूचीमा जान्छ । बालेन्द्र साह नेतृत्वको सरकार देशलाई ग्रे–लिष्टबाट निकाल्न होइन, ब्ल्याकलिष्टमा धकेल्न उन्मुख देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिइसकिएको छ । यता, संसद्बाट सांसद दोषी ठहर नभएसम्म निलम्बन नहुने विधेयक पारित गरिएको छ । यसले देशलाई झन् जोखिममा पार्ने खतरा छ । एकातिर दोषीलाई धमाधम उन्मुक्ति दिने कानुन बनाइँदैछ भने अर्कोतिर खर्च बढ्दै र आम्दानी घट्दै गएको छ ।
बालेन सरकारले ल्याएको आर्थिक वर्ष २०८३–८४ को बजेटमा तीन प्रतिशत समता कर उठाउने व्यवस्था थियो । चौतर्फी विरोधपछि सरकार सो कदमबाट पछाडि हटेको छ । करको स्रोत नहुँदा स्वकीय सचिव राख्ने व्यवस्था ब्यूँताइएको छ । सरकारले जतिसुकै सुशासनको नारा दिएपनि सरकारी कर्मचारीले घुस खान छोडेका छैनन् । सेवाग्राहीले निःशुल्क पाउने सेवाका लागि पनि पैसा तिर्नुपरेको बाध्यता छ ।
घुसबिना फाइल नै अगाडि बढ्दैन । सरकारी कर्मचारीले कसरी घुस लिन्छन् ? यो हेर्न टाढा जानुपर्दैन । सल्लाघारी र राधेराधेको यातायात कार्यालय हेर्दा पुग्छ । कार्यालय बाहिर सटर लिएर बसेका लेखनदासहरुले सेवाग्राहीबाट पैसा लिन्छन्, कर्मचारीसम्म पुर्याउँछन् । एकछिन अघि हुँदैन भन्दै फर्काइएको कागज घुस दिएपछि लेखनदासमार्फत तुरुन्तै हुन्छ । अनि कहाँ रोकियो घुस ? कहाँ आयो सुशासन ?
बालेन सरकार आएको चार महिना बितिसक्यो । तर, न घुस रोकियो न बिचौलियाहरु समातिए । जताततै बेतिथि, कालोबजारी यथावत् छ । विभिन्न क्षेत्रमा लगाइएको सिण्डिकेट तोड्न सरकार नाकाम भएको छ । अहिलेको सरकारले गरेको भनेको सल्लाहकारको खात राख्ने, सरकारी ढुकुटी लुट्ने । प्रधानमन्त्री साहको २७ जना सल्लाहकार छन् । मन्त्रीहरुलाई ९ जना सल्लाहकार दिइएको छ ।
ती सल्लाहकारले मन्त्री र राज्यमन्त्रीसरहको सुविधा पाउँछन् । त्यसैगरी, सांसदलाई स्वकीय राख्न दिने कानुन ल्याइएको छ । बालेन सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढायो । पाँच हजार महँगी भत्ता यथावत् राख्यो । सरकारी कर्मचारीको बहानामा सरकारले आफ्नो पनि ‘दुनो सोझ्याउने’ काम गर्यो । कर्मचारीको तलब बढेसँगै प्रधानमन्त्री, मन्त्री, सांसद, राष्ट्रपतिलगायतको तलब बढेको छ ।
रविले भनेका थिए,‘२७ वटा भ्रष्टाचारको फाइल खोल्न लागेपछि मलाई गृहमन्त्री पदबाट हटाइयो ।’ अहिले त रास्वपाकै सरकार छ । खोइ ती २७ वटा फाइल ? अहिलेसम्म किन नखोलेको ? कि त्यतिबेला पदको बार्गेनिङका लागि मात्रै फाइलको कुरा उठाएको हो ? सरकारले सेवावधि ३० वर्ष पुगेको र उमेर ५५ वर्ष लागेकोलाई सेवाबाट हटाउने भन्यो । तर, त्योपनि कानुन बनाएर कार्यान्वयनमा ल्याउन सकेन ।
यो सरकारले पनि आम्दानीको स्रोत खोज्न सकेन । सरकारी खर्च बढेको छ, आम्दानीको स्रोत छैन । जनता, व्यापारी, कर्मचारीको सम्पत्ति खोज्न पनि सरकार विफल रह्यो । भ्रष्टाचारलाई जेल कोच्न र तिनको सम्पत्ति राष्ट्रियकरण गर्न सरकार नाकाम बन्यो । फागुन २१ गतेको निर्वाचनमा रास्वपामा १८२ सिट जितेपछि बजारमा एउटा कुराको खुब चर्चा भयो ।
त्यो हो–रास्वपा सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउँछ, बन्द भएको उद्योग खोल्छ । अहिले रास्वपाको सरकारमा भएकाहरु विगतमा विदेशी ऋणको खुब विरोध गर्थें । ऋण लिईलिई घ्यु खाएको टिप्पणी गर्थें । पुराना सरकारले जनता विदेशमा बेच्यो भनेर रास्वपा र त्यहाँका नेताले जनतालाई इमोस्नल ब्ल्याकमेल गरे । फ्रि टिकट र फ्रि भिसामा नेपाल फर्काउने कुरा गरियो ।
तर, अन्तिममा के भयो ? केही न केही ? अहिलेको बजेट पनि विदेशी ऋणमै निर्भर रह्यो । वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । सरकारले उद्योग, कलकारखाना खोल्ने भनेपनि अहिलेसम्म कुनै सुरसार देखिएको छैन । विदेशी ऋण थपिएको थपियै छ । पाँच वर्षदेखि नेपालको आर्थिक स्थिति कमजोर छ । भदौ २३ र २४ गतेको आन्दोलनमा सरकारी र निजी सम्पत्तिमा खर्बौंको क्षति पुगेको छ ।
आन्दोलनमा भएका घाइतेलाई राज्यले पाल्नुपरेको छ । ती संरचना बनाउन पैसा छैन । अहिलेसम्म निर्माण शुरु पनि भएको छैन । यत्रो सम्पत्ति जलाएर रास्वपाको सरकार आयो । तर, के गर्यो ? केही परिवर्तन भयो ? पुनःनिर्माणको खर्च त्यसै छ । त्यत्रो सरकारी गाडी जलेको छ । त्यो किन्नुपर्यो । बालेन सरकार अन्तर्राष्ट्रिय स्तरसँग अझै भिजेको छैन । कूटनीतिक सम्बन्ध सुध्रिने होइन, झनै खस्किँदै गएको देखिन्छ ।
अहिले रास्वपाका कार्यकर्ताहरु विपक्षीलाई काम गर्न नदिएको आरोप लगाउँछन् । काम गर्न नसकिएपछि गर्ने बहाना नै यहीँ हो । मन्त्रिपरिषद्मा रास्वपाको एकछत्र छ । प्रधानमन्त्री पनि रास्वपाको, मन्त्री पनि । सदनमा रास्वपाको दुई तिहाई नजिक सांसद छन् । अझै विपक्षीमाथि दोष थुपारिरहेका छन् । व्यापारीहरुले एक सयको सामान पाँच सयमा बेचिरहेका छन्
बजार अनुगमन शून्यबराबर छ । २० वर्षे पुराना ट्याक्सीको स्क्रयाप गरेको नम्बर प्लेट कानुनविपरीत १५ लाखमा बिक्री भइरहेको छ । सरकारले कालो र प्लेटको ट्याक्सी, फो स्टक टेम्पो, कालीमाटीमा ढुवानी गाडीको दर्ता खोलिदिएको भए, यो अवस्था आउँथ्यो ? स्क्रयाप गरेको नम्बर प्लेट १५ लाखमा बिक्री हुन्थ्यो ? १५ लाखमा एउटाले किन्छ, अर्कोले बेच्छ, राज्यले पाँच सय रुपैयाँ राजश्व पाउँछ ।
कहाँबाट कर उठाउने ? सरकारसँग योजना छैन । राष्ट्रिय पोशाक नलगाउने, सदनमा छापामार शैलीमा आउने, ठूल्ठूला कुरा गर्ने ? यस्तो पाराले सरकार चल्छ ? देश बन्छ ? अहिले नै सरकार असफल भएको टिप्पणी हुन थालिसकेको छ । दुईतिहाई नजिक भएपनि यो सरकार पाँच वर्ष टिक्ने देखिँदैन । अहिले नै जनतामा आक्रोश देखिन थालिसकेको छ । यो सरकार पनि सातामा दुईपटक मन्त्रिपरिषद्को बैठक बस्छ ।
राष्ट्रिय हितभन्दा पनि सरुवा बढुवाको मात्र निर्णय गरिन्छ । यतिकै लागि देशमा यत्रो आन्दोलन भएको ? देशलाई खरानी बनाएको ? विगतको सरकार पनि साताको दुई दिन मन्त्रिपरिषद्को बैठक बस्थ्यो । सरुवा बढुवा मात्रै गर्थ्यो । त्यहीबाट वाक्क भएर जनताले नयाँ सरकार ल्याए, काम उस्तै छ । बालेन सरकारले श्रममन्त्री दिपककुमार साहलाई तुरुन्त हटायो । स्पष्टीकरणसमेत नसोधिकन पदमुक्त गरियो । अर्थमन्त्री, कानुनमन्त्रीलगायतलाई हटाउने चर्चा चलेको महिनादिन बितिसक्यो, तर हटाउँदैन । काम गर्न नसक्नेलाई धमाधम हटाउने हो, काम गर्नेलाई ल्याउने हो । तर, यहाँपनि स्टण्टबाजी नै चलिरहेको छ । नेपाली जनता सिधा छन् । पढेपनि गलत र सही व्यक्तिमा फरक छुट्याउन सक्दैनन् । देश जलाउनेलाई सरकारमा पुर्याउनु नै त्यसको पुष्ट्याइँ हो ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रसेवक नै राष्ट्रलाई हानि पुर्याउँदै, सरकार रमिते !
रुषा थापा_____
भक्तपुर । दुई दशकअघि भक्तपुरको सल्लाघारी तीनकुने चौरअगाडि यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भयो । बागमती प्रदेशको यातायात मन्त्रालयअन्तर्गत सञ्चालित उक्त कार्यालय घर भाडामा लिएर खुलेको थियो । कार्यालयले मासिक डेढ...
भूमिमन्त्रीलाई प्रश्नः कौडीको भाउमा लिजमा दिइएका सम्झौता खारेजी र अतिक्रमित सरकारी जग्गा कहिले फिर्ता ल्याउने ?
रुषा थापा___________
भक्तपुर । विगतका सरकारको पालामा थुप्रै सरकारी जग्गा व्यक्तिका नाममा गएको वा कब्जा भएको पाइन्छ । राजनीतिक पहुँचमा सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, उद्योग, कारखाना, राजपरिवारलगायतका जग्गा कब्जा गरिनुका साथै...
राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान
प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...
भोगीको दार्शनिक पथ ! भोग दर्शन !
© निर्मल पुरी 'भोगी'
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्श...
‘संविधान होइन, चरित्र संशोधन आवश्यक छ’ : प्रा. डा. सुरेन्द्र केसी
मिडियाबाजी डटकम काठमाडौँ , श्रावण ०८ । विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले संविधान संशोधनभन्दा “चरित्र संशोधन” अहिलेको नेपालको मुख्य आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रेस क्लबमा बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रील...
जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : जेनजी अगुवा हमाल
काठमाडौँ । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरी जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन, मानव अधिकारको अवस्था तथा राज्यको जवाफदेहिताबारे विस्तृत छलफल गरेका छन् ।
आयुक्त थाप...



