शनिबार, ३१ असोज २०८३
नेपाली

विदेशी मुद्राको विनिमयदर : कुवेती दिनार पाँच सय पार, डलर र युरो कति ?

Main News Image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा पुगेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलिया र क्यानडाका डलरको मूल्य पनि बढेको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३० पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

mediabaaji add

सम्बन्धित खबर

रसुवाको चिलिमे टनेलमा फसेकाहरूको खोजी जारी : लेदो र भग्नावशेष हटाउन रातभर खटियो उद्धार टोली

रसुवा । रसुवास्थित चिलिमे टनेल क्षेत्रमा फसेका मजदुर तथा प्राविधिकहरूको खोजी र उद्धारका लागि रातभर काम जारी राखिएको छ। उद्धार टोलीले रातभरी नै सुरुङ नजिक जम्मा भएको लेदो, माटो तथा ठूला भग्नावशेषहरू हटाउने कार्यलाई निरन्तरता दिएको हो ।

एक्साभ...

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नो...

कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएको छ । प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार...

नेप्से १० अङ्कले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २,६१०.६३ मा झरेको छ । ३२३ कम्पनीका करिब १ करोड ३ लाख कित्ता शेयर कारोबार हुँदा कूल ५.०१ अर्ब रुपैयाँको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल, उत्पादन र व्यापार बढ्दा बाँकी १०...

नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा कायम भएको छ ।  आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको सेयर कारोबार...

विनिमयदर निर्धारण : अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ नाघ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तय गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा पुगेको छ ।

यस...