ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने
काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ । एजेन्सीद्वारा आइतबार जारी विज्ञप्तिअनुसार आपतकालीन भण्डारबाट तेल छिट्टै विश्व बजारमा आपूर्ति हुन सुरु हुनेछ ।
यसका लागि सदस्य राष्ट्रहरूले तेल सार्वजनिक गर्ने सम्बन्धी आफ्ना कार्यान्वयन योजना पनि पेश गरिसकेका छन् । अमेरिका र युरोप क्षेत्रका सदस्य राष्ट्रहरूको भण्डारबाट भने मार्च महिनाको अन्त्यतिरदेखि तेल उपलब्ध गराइने जनाइएको छ ।
एजेन्सीका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व तेल आपूर्तिमा परेको अवरोधलाई ध्यानमा राख्दै मार्च ११ मा ३२ सदस्य राष्ट्रहरूले संयुक्त रूपमा चार सय लाख ब्यारेल तेल सार्वजनिक गर्ने निर्णय गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न सरकारलाई सकस
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न यतिबेला सरकारलाई नै सकस परेको छ। हाम्रोलाई भन्दा राम्रोलाई सरकारी नेत्तृव तहमा राख्ने बालेन सरकारको निर्णयले साथकर्ता पाउन मुस्किल नै बनेको छ । धितोपत्र बोर्डको अध्यक्ष चयनमा आवेदन पछि लामो समयसम्म छ...
आपूर्ति सहज नभएसम्म निगमले ग्यास वितरण गर्ने
काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज नहुन्जेल काठमाडौँको टेकु कार्यालयबाट ग्यास वितरण नियमित गर्ने भएको छ । बजारमा ग्यासको अभाव भएपछि निगमले गत बुधबारदेखि टेकु कार्यालयबाट डिपो सञ्चालन गरी विभिन्न ब्रान्डका ग्यास वितरण गर्दै आएको...
भुजुङ्ग हाइड्रोपावरको २० लाख कित्ता आईपीओ आउँदै
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यका २० लाख...
फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् । व्यक्तिगत मुद्दति निक्षेपतर्फ फागुन महिनामा बैंकहरूको अधिकतम...
साना किसानको तहमा लघुवित्तले आशा जगाइरहेको विज्ञहरुको भनाई
काठमाण्डौँ । नेपालको वित्तीय क्षेत्र सुकारका लागि लघुवित्तहरुलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्त...
बाढी प्रभावितलाई ग्यास उद्योग संघले एक हजार २५० सिलिन्डर निःशुल्क दिने
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप १ हजार २ सय ५० भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ । संघले बाढीबाट अत्यन्त प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्...



