मधेश प्रदेशमा सभामुख पदको निर्वाचन हुँदै
जनकपुरधाम । मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । एक महिनाभन्दा लामो समयदेखि रिक्त रहेको मधेस प्रदेशमा सभामुखका लागि निर्वाचन हुन लागेको हो । प्रदेशसभाले नयाँ सभामुख चयनका लागि आज दिउँसो १ बजे मतदान गर्ने कार्यसूची छ ।
शनिबार सभामुख पदमा दुईजना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार, सात दलीय साझा उम्मेदवारको रूपमा जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादव र एमालेका त्रिलोकी प्रसादले मनोनयन दर्ता गराएका थिए ।
रामअशिष यादवको प्रस्तावकमा कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेका छन् । उनका अनुसार, विभिन्न दलबीच सहमति भएपछि साझा उम्मेदवारको रूपमा यादवको नाम अगाडि आएको हो । त्यसैगरी, एमालेका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावकमा शारदादेवी थापा र समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन्। दुवै प्रस्तावक र समर्थक एमालेकै प्रदेशसभा सदस्य रहेको सचिवालयले जानकारी दिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज आइतबार बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो। गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।
<...नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दर्ताको प्रमाणपत्र पाएको छ । पार्टीले आयोगबाट शुक्रबार दर्ताको प्रमाणपत्र पाएको हो ।
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै पररा...
मतपत्र छपाइ आइतबारसम्म सकिने
भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दै...
सभापति देउवा र नेता कोइरालाबीच भेट
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपल...
केपी ओली र शेरबहादुर देउवाबीच भेटवार्ता
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली शुक्रबार दिउँसो देउवा निवास, महाराजगञ्ज पुगेका थिए । सचिवालयका अनुसार भेटवार्तामा देउवाको पत्नी आरजु...



