मतपत्र छपाइ आइतबारसम्म सकिने
भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए।
उनले भने, “आज बिहानसम्ममा छ प्रदेशको मतपत्र छपाइ सम्पन्न गरेर बागमती प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सुरु गरेका छौँ । कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ गरेसँगै सबै मतपत्र छपाइ सम्पन्न हुनेछ ।”
उम्मेदवार धेरै भएका जिल्लामा ठूलो आकारको र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा छपाइमा केही दिन ढिला भएको जानकारी दिँदै प्रबन्ध निर्देशक पौडेलले छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी सुरु गरिएको बताए।
एक्सप्रेस
सम्बन्धित खबर
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन् । मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रद...
विद्यार्थी राजनीतिबाट खारिएकी प्रतिमा गौतमको कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृ प्रतिमा गौतमले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी गौतम लामो समयको संगठनात्मक अनुभव, पार्टीको केन्द्रीय जिम्मेव...
रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको शक्तिशाली सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सृजना गर्ने गरी बजेट ल्याउन नसकेको बताएका छन् ।&nbs...
सहयोग उठाएर पत्नीको उपचार गर्दै झलनाथ, ओलीले दिएका थिए ३० लाख
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारको उपचार विभिन्न व्यक्तिहरूले गरेको सहयोगबाट गरिरहेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा घरमा आगजन...
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएपछि बन्चरेडाँडा पुगे मन्त्री घिसिङ
काठमाण्डौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएपछि त्यसको समाधानको प्रयास गर्न आइतबार बिहान शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगेका छन् । बन्चरेडाँडा पुगेका मन्त्री घ...
बालुवाटारमा बालेनसँग रविको ४५ मिनेट
काठमाडौँ । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री वालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट भेटवार्ता भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए।...



