बुधबार, ११ कात्तिक २०८३
नेपाली

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो, शासनको वैधानिकता यसैले दिन्छ : गृहमन्त्री अर्याल

Main News Image

सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताएका छन् । बुधवार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

उनले भने, ‘निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुने र देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन।’ भरखरै भएको जेनजी जनआन्दोलनले गर्दै अहिलेका युवा पुस्तालाई यसले युवाहरुको राजनीतिमा मूल प्रवाहीकरण गरेको र अव पनि उनीहरुलाई बाइपास गरेर जान नसकिने धारणा मन्त्री अर्यालले राखे ।


mediabaaji add

सम्बन्धित खबर

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौँ । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिन...

सर्वपक्षीय छलफलबारे मन्त्री पुनको टिप्पणी : ‘नेपालीको सल्लाह, खरानीको डल्ला’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीले निर्वाचनमा मत दिने सम्भावना नरहेको बताएका छन् । सोमबार प्रधानमन्त्री शुसीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिय...

नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न काठमाडौँमा बृहत् धार्मिक पदयात्रा

काठमाडौँ । नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा सोमबार बृहत् धार्मिक पदयात्रा निकालिएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा राजधानीमा धार्मिक पदयात्रा गरिएको हो । पदयात्रामा सहभागीहरूले सनातन धर्म, संस्कृति...