बिहिबार, ०१ असोज २०८३
नेपाली

काठमाडौँसहित देशभर मनसुनी वायुको असर : कुन-कुन क्षेत्रमा छ पानी पर्ने सम्भावना ?

Main News Image

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

आज देशका हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्नुका साथै तराई भू(भागमा आंशिकदेखि साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशका हिमाली भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।


mediabaaji add

सम्बन्धित खबर

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका ए...

मौसम पूर्वानुमान : पहाडी र हिमाली भू-भागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको...

पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान खसेको पहिरो पन्छाइएपछि यातायात सेवा पुनः पूर्ववत् सञ्चालनमा आएको छ । आज बिहान करिब ७ः०५ बजे सडकमाथिबाट खसेको पहिरोका कारण उक्त सडकखण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो हटाउने कार्य त...

परराष्ट्रले भन्यो : इरान नजानु, त्यहाँ रहेका तत्काल फर्किनु

काठमाडौँ । इरानमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न तथ...

ट्रेड युनियनमा लागेका कर्मचारीलाई निर्वाचनमा नखटाइने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्तरका ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नखटाउने निर्णय गरेको छ ।

आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघसंस्थासँग सम्बन्धित राष्ट्रिय स्तरका ट्रेड य...

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको...