सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घटयो
काठमाडौँ । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा अडिएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३०.०९ अंकले गिरावट आएको थियो। सो दिन ४ अर्ब ८२ करोड मूल्य बराबरको कारोबार भएको थियो ।
यसदिन ३६१ वटा स्क्रिप्सको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २२९ वटाको घट्यो । ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो ।
उपकार लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १२.६८ प्रतिशतले बढ्दा स्नो रिभर्सको सेयर ११.७६ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लि डिवेन्चर २०८६र८७ शीर्षस्थानमा रह्यो। सो बैंकले ३५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो ।
एक्सप्रेस
सम्बन्धित खबर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरोसहित केही मुद्रा भने सस्तिएका राष्ट्र बैंक...
बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
जनैपूर्णिमाका लागि बजारमा जनैले भरियो बजार !
काठमाण्डौँ । आगामी भदौ १२ गते परेको जनैपूर्णिमालाई लक्षित गर्दै बजारमा जनै बिक्रीका लागि राखिएका छन् । जनैपूर्णिमाका लागि विभिन्न आकार र प्रकारका जनै पसलमा सजाएर राखिएको देखिन्छ ।
केराको मूल्यमा ‘बिचौलिया खेल’, न्यूनतम समर्थन मूल्य तोक्न किसानको माग
काठमाडौँ । नेपाल केरा उत्पादक महासंघ ले केराको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् महासंघले किसानलाई उचित मूल्य सुनिश्चित गर्न यस्तो व्यवस्था आवश्यक रहेको जनाएको हो । महासंघका अनुसार बजारमा अहिले...
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा ! अब एक डलरको नेपाली कति रुपैयाँ हुन्छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांक, अष्ट्रेलियन...
चुनावका लागि जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द गरिने
काठमाण्डौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै जनकपुर-जय...



