बिहिबार, १२ कात्तिक २०८३
नेपाली

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घटयो

Main News Image

काठमाडौँ । बिहीबार  सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा अडिएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३०.०९ अंकले गिरावट आएको थियो। सो दिन ४ अर्ब ८२ करोड मूल्य बराबरको कारोबार भएको थियो ।

यसदिन ३६१ वटा स्क्रिप्सको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ४ अर्ब ६१ करोड १९ लाख  ५४ हजार ७८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २२९ वटाको  घट्यो । ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो ।

उपकार लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १२.६८ प्रतिशतले बढ्दा स्नो रिभर्सको सेयर ११.७६ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लि डिवेन्चर २०८६र८७ शीर्षस्थानमा रह्यो। सो बैंकले ३५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो ।


mediabaaji add

सम्बन्धित खबर

ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइनको १२ वर्षे अवरोध हट्यो

काठमाडौF । सरकारले विगत १२ वर्षदेखि विभिन्न प्राविधिक तथा कानुनी कारणले रोकिएको ढल्केबर हेटौंडा ४०० केभी उच्च भोल्टेज प्रसारण लाइन निर्माणको मुख्य अवरोध हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको महत्त्वपूर्ण निर्णयसँगै लामो समयदेखि अल्झिएको आयो...

विकास हाइड्रोपावरले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव साधारणसभाबाट पारित भएपछि कार...

साताको पहिलो कारोबारमै सेयरबजारमा गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्सेका अनुसार परिसूचक १.२० अंकले घटेर २,६८४.३३ विन्दुमा कायम भएको हो । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको सूचक बढ्दा ५ उपसमूहको सूच...