नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि एक अर्बले घट्यो
काठमाण्डौँ । सोमबार नेप्से परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंकले घटेको छ ।
सोमबार कारोबार रकम पनि शुक्रबारको तुलनामा एक अर्बभन्दा बढी रकमले घटेको छ। सोमबार ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको ९० लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले घटेर तोलामा २ लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार सुन तोलामा २ लाख ८५ हजार २ सय र...
अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब लगानी गर्ने भएको छ। प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पन...
पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र
काठमाडौँ । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ । अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसरी योगद...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन...
थप १८ वटा उद्योगको लाइन काटियो
काठमाडौँ । ट्रङ्क र डेडिकेटेड लाइनको महसुल विवादका बीच नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझ ती उद्योगको लाइन काटेको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सरकारी...
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा निरन्तर नयाँ रेकर्ड बन्दै
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने हालसम्मकै उच्च मूल्यमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबा...



