बुधबार, ११ कात्तिक २०८३
नेपाली

काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई  डाईभर्सन

Main News Image

काठमाण्डौँ । कार्याक्रमका  कारण  काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई यतिबेला डाईभर्सन  गरिएको  छ । उक्त  स्थान  हुँदै  चल्ने  सवारी  साधनलाई  पद्मोदयमोड र   सभागृहमोडबाट  डाईभर्सन  गरिएको  हो   । त्यस्तै  र्‍याली भइरहेकाले  टुडिखेल  वरिपरी  भएर चल्ने  सवारी  साधनको आवागमनमा पनि  प्रभाव परेको छ  । 

 सहज  यात्राका लागि  उक्त सडकको  विकल्पमा अन्य   सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध  समेत गरेको छ । मानिसहरू  भेलाजम्मा भएकोले काठमाडौँको  माईतीघरचोकबाट  सर्भिस  लेन  हुँदै  थापाथलीतर्फ जाने सवारी  साधनलाई मुख्य लेनबाट पठाइएको छ । त्यसैगरी  सामाखुसीचोकमा  र  चावहिलचोकमा पनि मानिसहरू भेलाजम्मा भएकोले सवारी  आवागमनमा केही प्रभाव परेको छ । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् । 

mediabaaji add

सम्बन्धित खबर

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजे सम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२...

नौबिसे–मलेखु खण्डको २७ किलोमिटर सडक निर्माण सम्पन्न

काठमाडौँ । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले तिव्रता पाएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस दोस्रो खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ढलान रिजिड पेभमेन्ट गरी कुल २७ किलोमिटर सडक न...

यस्तो छ आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ । काठमाडौं उपत्यका चिसो बढ्दै गइरहेको छ । तर, आज बिहान हिजोको तुलनामा थोरै तापक्रम बढी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्...

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौँ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश...

आज चैते दशैंको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैंको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको स...

ललितपुरका सडक फूलले सजाइने

ललितपुर । केही वर्षअघिसम्म नक्खु उकालो हुँदै भैँसेपाटी सडक धुलो–धुवाँका कारण यात्रुका लागि दिक्कलाग्दो बनेको थियो । सडक कालोपत्र भएसँगै धुलोको समस्या हटेको उक्त क्षेत्रमा ललितपुर महानगरपालिकाले फूल रोप्ने योजना अघि सारेको छ ।

ललितपुर महानगरप...