काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन
काठमाण्डौँ । कार्याक्रमका कारण काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरिएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र सभागृहमोडबाट डाईभर्सन गरिएको हो । त्यस्तै र्याली भइरहेकाले टुडिखेल वरिपरी भएर चल्ने सवारी साधनको आवागमनमा पनि प्रभाव परेको छ ।
सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ । मानिसहरू भेलाजम्मा भएकोले काठमाडौँको माईतीघरचोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ । त्यसैगरी सामाखुसीचोकमा र चावहिलचोकमा पनि मानिसहरू भेलाजम्मा भएकोले सवारी आवागमनमा केही प्रभाव परेको छ । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नागरिकता देखाउनुहोस्, नुन लिएर जानुहोस्
बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले पालिकाभित्रका नागरिकहरूको सहजताका लागि आज बिहीबारदेखि आयोडिनयुक्त भानु नुन वितरण सुरु गरेको छ। स्थानीयलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सबै वडाहरूमा प्रति परिवार २२ केजीका दरले...
निर्वाचन आयोगले न्यायाधीशहरूको नियुक्ति रोकिदियो
काठमाडौँ । न्यायपरिषदले ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्नको लागि सहमति दिन निर्वाचन आयोगलाई पत्राचार गरेकोमा आयोगले परिषदको आग्रह अस्वीकार गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भएको भन्दै न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्...
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...



