बुधबार, ११ कात्तिक २०८३
नेपाली

प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रुवी भ्यालीलाई अनुशासित अवार्ड, पाँच स्वर्णसहित ऐतिहासिक सफलता

Main News Image

काठमाडौँ । काठमाडौँमा सम्पन्न प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ मा धादिङको रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित अवार्ड हात पारेका छन् । पुस ४ देखि ६ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा रुवी भ्यालीका खेलाडीहरूले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै गाउँपालिकाको गौरव बढाएका हुन् ।
प्रतियोगितामा प्रसान्त तामाङ, खुशी तामाङ, सुस्मा रानी घले र विशाल घलेले स्वर्ण पदक जित्न सफल भएका छन् । यसैगरी कृष्ण माया तामाङ, जोशीला तामाङ, रोहन तामाङ र दनेश तामाङले रजत पदक प्राप्त गरेका छन् भने अनुस्का तामाङ, मानभ तामाङ, रन्जना तामाङ र सोहन तामाङले कास्य पदक जितेका छन् ।
रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जित्दै आएको उल्लेख गर्दै आयोजकले यसपटक पनि उनीहरूको अनुशासन, खेल भावना र उत्कृष्ट प्रदर्शनको कदरस्वरूप अनुशासित अवार्ड प्रदान गरिएको जनाएको छ ।
प्रतियोगितामा उपस्थित रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले खेलाडीहरूको सफलताप्रति खुशी व्यक्त गर्दै, “सीमित स्रोतसाधनका बाबजुद पनि रुवी भ्यालीका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा गाउँपालिकाको नाम उजागर गरिरहेका छन् । यो हाम्रो लागि गर्वको विषय हो । खेल क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर साथ र सहयोगमा रहने बताए ।”
त्यसैगरी कराँते प्रशिक्षकद्वय सेर्तुङ डोजोका ओम बहादुर तामाङ, लापा डोजोका सन्देश घले र तिप्लिङ डोजोका रोशन घलेको भनाइ अनुसार खेलाडीहरूको मेहनत र अनुशासन नै सफलताको मुख्य आधार भएको बताउँदै, “खेलाडीहरूले निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासका साथ प्रतिस्पर्धा गरे । त्यसकै परिणामस्वरूप पाँचवटा स्वर्ण पदकसहित अनुशासित अवार्ड प्राप्त गर्न सफल भएको बताए ।”
प्रतियोगितामा प्राप्त सफलताले रुवी भ्याली गाउँपालिकामा खेलकुदप्रति थप उत्साह बढाएको छ भने स्थानीय तहबाट खेलाडी उत्पादन र प्रोत्साहनमा थप बल पुग्ने अपेक्षा गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’...

बार्सिलोनाका फ्यानलाई खुसीको खबर, ब्राजिलियन स्टार राफिन्हा २०३० सम्म बार्सिलोनामै रहने सहमति !

काठमाण्डौँ । स्पेनिस क्लब बार्सिलोना र ब्राजिलियन स्टार राफिन्हाबीच सन् २०३० सम्म सम्झौता लम्ब्याउने सहमति भएको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेका राफिन्हालाई क्लबले आफ्नो दीर्घकालीन योजनाको महत्वपूर्ण खेलाडीका रूपमा राख्ने निर्णय गरेको हो ।

<...

एम्बाप्पेको चम्किलो प्रदर्शनसँगै स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी मेटलाइफ रंगशालामा भएको खेलमा स्विडेनमाथि ३(० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्सको यो एकपक्षीय जितसँगै अब उसले नकआउट च...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको १४०...

नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

जारी प्रतियोगिता...

एसिसी प्रिमियर कप : नेपाल आज बहराइनसँग भिड्दै, विजयी सुरुआत गर्ने लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा आयोजना हुनेछ ।

एकदिवसीय क्रिकेटको इतिहासमा नेपाल र बहराइन पहिलोपटक आमने...