शुक्रबार, ०२ असोज २०८३
नेपाली

पासपोर्ट छपाइ भ्रष्टाचारमा महानिर्देशक अर्याल पक्राउ

Main News Image

काठमाडौँ । पासपोर्ट खरिदसम्बन्धी अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । राहदानी छपाइ अनियमितताको अनुसन्धानका लागि अख्तियारले अर्याललाई पक्राउ गरेको हो। साथै ठेकेदार सिद्धार्थ थापालाई पनि आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यस प्रकरणमा परराष्ट्रका केही उच्च अधिकारीहरू पनि अनुसन्धानको दायरामा रहेको अख्तियार स्रोतले बताएको छ । अख्तियार स्रोतका अनुसार राहदानी विभागले गरेको ई–पासपोर्ट तथा सम्बन्धित सामग्री खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको थियो । सोही अनुसन्धानका क्रममा महानिर्देशक अर्याललाई नियन्त्रणमा लिएर बयान तथा थप प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको बताइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

गौशाला बजारमा झडप, प्रहरीले हान्यो १७ सेल अश्रुग्यास

महोत्तरी । गौशाला बजारमा बालकले कुखुरा हिर्काएको विषयमा चर्किएको विवाद नियन्त्रण लिन प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको छ । सोमबार साँझ महोत्तरीको गौशाला नगरपालिका–५ स्थित बजारमा ६ वर्षीय बालकले कुखुरा हिर्काएको विषयमा विवाद भएको थियो । झडपला...

काठमाडौँमा ट्राफिक सप्ताह २०८२ जारी : सडक प्रयोगकर्तामा सचेतना फैलाउने अभियान भब्य ढंगले सञ्चालन

काठमाण्डौँ । ट्राफिक सचेतनाको कमि र लापरवाहीले सवारी दुर्घटना नहोस् र कसैले पनि धनजनको क्षति ब्यहोर्न नपरोस् भन्ने उदेश्यका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सुरु गरेको “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ता...

सप्तरीमा पुजारीको गोली हानि हत्या

सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...

वीरगञ्जमा दुई युवामाथि छुरा प्रहार

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं १६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ । घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्ज...

‘नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’

काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी सीडीओ ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेको बताएका छन् । सोमबार उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सडक सुरक्षा, यात्...

चुनावमा भरपर्दो सुरक्षा योजना बनाएर परिचालित हुन आईजीपीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्याल...