शनिबार, १४ कात्तिक २०८३
नेपाली

ईश्वर पोखरेलको फरक दस्ताबेज प्रतिनिधिलाई बाँड्न दिइने

Main News Image

काठमाडौँ । एमालेको भावी अध्यक्ष पदका लागि लड्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणा पत्र महाधिवेशनका प्रतिनिधिहरुलाई वितरण गर्न दिने सहमति बनेको छ । च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलको फरक दस्ताबेज महाधिवेशनको बन्द सत्रमा राख्न दिने सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिए । पोखरेलले २२ गते महासचिव शंकर पोखरेललाई छुट्टै राजनीतिक एवं सांगठनिक दस्ताबेज बुझाएका थिए।

ुपार्टी सञ्चालन, लोकतान्त्रीकरण, पूर्वराष्ट्रपतिको सदस्यतालगायत राष्ट्रियरअन्तर्राष्ट्रिय विषय समेटिएको अवधारणापत्रलाई प्रतिनिधिमाझ वितरण गर्ने । साथै, ईश्वर कमरेडले उम्मेदवारी प्रस्तुत गर्दा त्यो दस्ताबेजमा केन्द्रित रहेर प्रतिनिधिमाझ आफ्ना कुरा राख्ने सहमति बनेको छ।ु भट्टराईले भने ।

साथै सचिवालय बैठकले हालको सचिवालयलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने भएको छ । एमालेको महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि सहमतिको प्रयास पनि गर्दै जाने नेताहरूले बताएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी

जनकपुर । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ । सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको...

कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् । उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्...

सरकारलाई नैनसिंह महरको प्रश्न_तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छरु

डडेलधुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपत्कालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन्। नेपाली...

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद डिपी अर्यालको सभापतित्वमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका क्यालेन्डरतय गरेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको परामर्श समितिको बैठकले आगामी असोज...

द्रूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएका छन् । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई...

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका मन्त्री खरेलसँग नेपाल पत्रकार महासंघ, दक्षिण कोरिया शाखाले शु...