बुधबार, ११ कात्तिक २०८३
नेपाली

नयाँ वर्षको दिन मात्र फुल्ने फूल हेर्न भक्तजनको चहलपहल

Main News Image

सिरहा । नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ । मेला सुरु हुनुभन्दा दुई दिनअगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको हो ।

लहान नगरपालिका(१२ र २२ मा अवस्थित सलहेश फूलबारीमा नयाँ वर्षको दिन मात्र फुल्ने विश्वास गरिने माला आकारको सुनाखरी फूल अवलोकन गर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु आउने गर्छन् । मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार मन्दिरअगाडि रहेको हारमको रूखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न सुरु गरेको छ । तर, फक्रिन बाँकी रहेको छ । करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारी क्षेत्रमा अहिले नै भक्तजनहरू आउने क्रम जारी रहेको उनले जानकारी दिए ।

श्रद्धालुहरू दिनरात फूलबारी परिसरका रूखमुनि पाल टाँगेर बस्न थालेका छन् । बढ्दो पर्यटकको सङ्ख्यासँगै यहाँ पूर्वाधारको अभाव खड्किएको छ। स्थानीय वीरेन्द्र चौधरीले श्रद्धालु भक्तजनका लागि व्यवस्थित धर्मशालाको अभाव रहेको गुनासो गरे । लोकगाथाअनुसार महिषोथा ९सिरहा० मा जन्मिएका लोकनायक राजा सलहेशको प्रेमस्थलका रूपमा यस फूलबारीलाई लिइन्छ। राजा सलहेश र उनको प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा सुनाखरी फूललाई मानिन्छ ।

mediabaaji add

सम्बन्धित खबर

पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्य बदली कायम रहँदा केही स्थानहरूमा वर्षा भइरहेको छ ।

महाश...

असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो !

काठमाडौँ । लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाइँको रफ्तार ह्वात्तै बढेको छ । यस वर्ष नेपालमा मनसुनको सुरुआती चरण सुस्त हुँदा रोपाइँ गत वर्षको तुलनामा निकै कम भएको थियो । मनसुन ढिलो सक्रिय भए पनि असारको मध्यपछि मनसुनी प्रणाली देशभर पूर्ण रूपम...

तिब्बतको जिरोङमा भारी वर्षाको प्रक्षेपण, सतर्कता अपनाउन अपिल

काठमाडौँ । चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र तिब्बत स्थित केरुङ ग्याइरोङ काउन्टीमा आगामी दिनहरूमा, विशेष गरी रातिको समयमा थप वर्षा हुने सम्भावना रहेको चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । मौसम पूर्वानुमान अनुसार आइतबारदेखि सो...

बडादसैंको आज छैठौं दिन : कात्यायनी देवीको पूजाआराधना गरिंदै

काठमाडौँ । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज शुक्रबार घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ। आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्...

रसुवामा बाढी आएको महिना दिन बित्दा पनि ४५ विद्यार्थी अझै सम्पर्कविहीन, चार विद्यालय ध्वस्त

रसुवा । गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका गरी ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्य...

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

जनकपुर । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ। भव्यताका साथ मनाईने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ । जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध म...