बुधबार, ११ कात्तिक २०८३
नेपाली

नयाँ वर्षको दिन मात्र फुल्ने फूल हेर्न भक्तजनको चहलपहल

Main News Image

सिरहा । नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ । मेला सुरु हुनुभन्दा दुई दिनअगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको हो ।

लहान नगरपालिका(१२ र २२ मा अवस्थित सलहेश फूलबारीमा नयाँ वर्षको दिन मात्र फुल्ने विश्वास गरिने माला आकारको सुनाखरी फूल अवलोकन गर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु आउने गर्छन् । मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार मन्दिरअगाडि रहेको हारमको रूखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न सुरु गरेको छ । तर, फक्रिन बाँकी रहेको छ । करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारी क्षेत्रमा अहिले नै भक्तजनहरू आउने क्रम जारी रहेको उनले जानकारी दिए ।

श्रद्धालुहरू दिनरात फूलबारी परिसरका रूखमुनि पाल टाँगेर बस्न थालेका छन् । बढ्दो पर्यटकको सङ्ख्यासँगै यहाँ पूर्वाधारको अभाव खड्किएको छ। स्थानीय वीरेन्द्र चौधरीले श्रद्धालु भक्तजनका लागि व्यवस्थित धर्मशालाको अभाव रहेको गुनासो गरे । लोकगाथाअनुसार महिषोथा ९सिरहा० मा जन्मिएका लोकनायक राजा सलहेशको प्रेमस्थलका रूपमा यस फूलबारीलाई लिइन्छ। राजा सलहेश र उनको प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा सुनाखरी फूललाई मानिन्छ ।

mediabaaji add

सम्बन्धित खबर

देवानगन्ज तनावको असर विराटनगरमा, बजार-विद्यालय बन्द, राजमार्गमा प्रदर्शनजारी

विराटनगर । सुनसरीको देवानगन्ज–कप्तानगन्जमा उत्पन्न तनावको प्रभाव कोशी प्रदेशको राजधानी विराटनगरसम्म पुगेको छ। त्रासका कारण मंगलबार बिहानैदेखि विराटनगरका मुख्य बजार क्षेत्र र अधिकांश विद्यालय बन्द भएका छन् । निजी विद्यालय सञ्चालकहरूले भने सोमबार...

आज लक्ष्मी पूजा : आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा...

सल्यान र सुर्खेतमा एक साताभित्र पाटेबाघको आक्रमणबाट तीनको मृत्यु

काठमाडौँ । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । गत पुस २६ गते सोही क्षेत्...