महाधिवेशन विवाद चर्किँदै जाँदा देउवा–कोइराला भेटवार्ता, विशेष महाधिवेशन रोक्नेबारे छलफल
काठमाण्डौँ । नेपाली कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विषयले तीव्र रूप लिँदै गएको बेला पार्टी सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । डा। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार देउवा निवास महाराजगन्जमा दुई नेताबीच समसामयिक राजनीतिक अवस्था र पार्टीभित्र विकसित महाधिवेशनसम्बन्धी विवादबारे छलफल भएको हो ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूहले काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीलाई तीव्र पारेका बेला सभापति देउवा र नेता कोइरालाबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ नियमित महाधिवेशन गर्ने निर्णय बहुमतका आधारमा पारित गरिसकेको छ। सो निर्णयमा कोइराला पक्षको समेत सक्रिय भूमिका रहेको थियो ।
तर केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशनको तयारी अघि बढेपछि पार्टीभित्र मतभेद चुलिँदै गएको छ। यही परिस्थितिमा विशेष महाधिवेशनको प्रयासलाई कसरी रोक्ने र नियमित महाधिवेशनलाई सुनिश्चित गर्ने भन्ने विषयमा देउवा र कोइरालाबीच छलफल भएको थपलियाले जानकारी दिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
एमालेले आज निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउँदै
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर...
झापामा मतदाता संख्या छ लाख ८२ हजार ९९३ जना कायम
झापा । जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन्। ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय का सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता...
चुनावमा मुख्य चुनौती : लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग
काठमाण्डौा । लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभाको निर्वाचन सुरक्षाको मुख्य चुनौती रहेको एक अध्ययनले देखाएको छ । नेपाल कानुन समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको विस्तृत अध्ययनमा निर्वाचन सुरक्षाको प्रमुख चुनौतीका रुपमा स...
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभ...
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट बुधबार पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम...
रास्वपाका २ जना सांसदले तोडे रवि लामिछानेको रेकर्ड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्रतिनिछि सभा निर्वाचनमा तोडेका छन् । लामिछानेले उपनिर्वाचनमा सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड...



