रास्वपाका २ जना सांसदले तोडे रवि लामिछानेको रेकर्ड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्रतिनिछि सभा निर्वाचनमा तोडेका छन् । लामिछानेले उपनिर्वाचनमा सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड बनाएका थिए । उनले ४२ हजार ९६२ मत अन्तरले नितेका थिए । लामिछानेले २०६४ मा बाबुराम भट्टराईले बनाएको ४० हजार १०१ मत अन्तरको रेकर्ड तोडेका थिए ।
यसपटक रास्वपाका डा लेखजंग थापा र सुलभ खरेलले लामिछानेको रेकर्ड तोडेका छन् । संयोगले दुवैले एउटै जिल्ला रूपन्देहीबाट जित्दै नयाँ रेकर्ड बनाए । सुलभ खरेलले रूपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ मत अन्तरले हराए । डा लेखजंग थापाले कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले हराए । यससँगै अब सबैभन्दा ठूलो अन्तरले जित्ने रेकर्ड डा। लेखजंग थापाको नाममा गएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
स्वदेशी रासायनिक मल खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन
काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापना भई उत्पादन सुरु भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेको छ ।
कृषि, वन तथ...
ओली समूहमा नपरेपछि उम्मेदवारी दिएका राजेन्द्र गौतमले लिए नाम फिर्ता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार रहेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता गौतमले आज एक...
कोप-३० मा नेपालले ९ एजेण्डा प्रस्तुत गर्ने तयारी
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन कोप–३० को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख आगा...
७ सचिवको सरुवा, को कहाँ ?
काठमाडौँ । सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ । पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो । गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरिएको छ भने गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार...
मिडिया ट्रायलको पछि लाग्दिनँ, कारबाही जारी रहन्छ : गृहमन्त्री गुरुङ
काठमाडौँ । विवादास्पद व्यवसायीसँगको साँठगाँठ र सम्पत्ति विवरणमा लगानी लुकाएको आरोप खेपिरहेका गृहमन्त्री सुधन गुरुङले आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको भन्दै कडा आपत्ति जनाएका छन् । पछिल्लो समय आफूमाथि लगाइएका विभिन्न आरोपहरू र सार्वजनिक भएका समाचारहर...
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । आज भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ । उपमहासचिव लेखराज भ...



