मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

देउवा–खड्का पक्षको शक्ति प्रदर्शन तयारी, राष्ट्रिय सभा निर्वाचनपछि कांग्रेसको राष्ट्रिय भेला

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि सतहमा देखिने भएको छ । पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह खड्का निकट समूहले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ ।

विशेष महाधिवेशनमार्फत गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भइसकेपछि र निर्वाचन आयोगले त्यसलाई औपचारिक मान्यता दिएपछि पार्टी नेतृत्वबाट बाहिरिएको तत्कालीन संस्थापन पक्षले अब अलग्गै राजनीतिक गतिविधि तीव्र बनाएको हो । गगन थापाकै निर्णयअनुसार पार्टी निर्वाचन प्रक्रिया अघि बढेपछि असन्तुष्ट बनेको यो समूह भेलामार्फत आफ्ना धारणा सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

आयोजनाको तयारी भइरहेको राष्ट्रिय भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको सहभागिता रहने बताइएको छ। भेलाबाट पार्टीको आगामी दिशा र रणनीतिसम्बन्धी केही महत्वपूर्ण निर्णयसमेत लिने तयारी रहेको स्रोतले जनाएको छ।

देउवा–खड्का पक्षले कांग्रेसको नीति, सिद्धान्त र ऐतिहासिक आदर्शलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिँदै हालको नेतृत्व एकल निर्णयतर्फ उन्मुख भएको आरोप लगाएको छ। पार्टी सभापति निरंकुश बन्दै जान खोजेको दाबी गर्दै नेतृत्वलाई ‘सन्तुलन र नियन्त्रण’मा राख्न राष्ट्रिय भेला आवश्यक भएको उनीहरूको भनाइ छ।

यस घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पुनः चर्किने संकेत देखिएको छ।

mediabaaji add

सम्बन्धित खबर

देउवालाई हटाएर नयाँ सभापति निर्वाचित गर्ने कार्यविधि पारित

काठमाण्डौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यसूचीमा परेको नयाँ पार्टी सभापति निर्वाचित गर्ने विषय सहभागीबाट पारित भएको छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको भन्दै त्यसल...

मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त

काठमाडौँ । मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले ५ जनालाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।

कुलमानको प्रश्न : उद्योगहरूबाट बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?

काठमाण्डौँ । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सुविधा प्रयोग गरी विद्युत् उपभोग गरेका उद्योगहरूको प्रिमियम महसुल बक्यौता असुलीमा सरकार मौन बसेको आरोप लगाएका छन् ।

देश लोडसेडिङको अँध्यारोमा रहेका बेला डेडिकेटेड र ट्रंक...

एकता सम्झौतामाथि संकट : रास्वपासँग दूरी बढेपछि कुलमान उज्यालो नेपाल पार्टीबाटै अघि बढ्ने तयारीमा

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग एकता सम्झौता भएको दुई साता नपुग्दै कुलमान घिसिङ रास्वपाबाट अलग हुने दिशातर्फ पुगेका छन् । तत्काल नयाँ र ठोस समझदारी नबने कुलमानले अघि बढाएको उज्यालो नेपाल पार्टी उनेपा रास्वपामा नअडिने लगभग निश्चि...

केपी ओली र शेरबहादुर देउवाबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली शुक्रबार दिउँसो देउवा निवास, महाराजगञ्ज पुगेका थिए । सचिवालयका अनुसार भेटवार्तामा देउवाको पत्नी आरजु...

रास्वपा केन्द्रीय समिति : कुलमान समूहबाट उपसभापतिसहित १२ जना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिमा उज्यालो नेपालको टिमबाट १२ जना थप हुने भएका छन् । आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले सहमतिलाई अनुमोदन गरेको हो । आजै विवेकशील साझाबाट आएका ७ जना केन्द्रीय समितिमा थपिएका थिए...