बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
सिरहा । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन्।
पूर्व(पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण केही समयका लागि पूर्व(पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू सडकमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न नसकी समस्यामा परेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुस...
आज राष्ट्रिय शोक
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाक...
डेडिकेटेड र ट्रंकलाइन विवाद टुङ्गियो : धरौटीमा लाइन जडान गर्ने सहमति
काठमाडौँ । उच्चस्तरीय छलफलमा डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्तावमा सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलबाट दुवै पक्षलाई स्वीकार्य हुने मध्यमार्गी प्रस्ताव अघि सारिएको हो । प...
बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो
काठमाडौँ । बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्। आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ । काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबा...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
पर्सा । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीे विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर द...
कर्मचारी ट्रेड युनियन खारेज : राजनीति गर्ने कर्मचारीको जागिर जाने
काठमाडौँ । मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गराई सुशासन कायम गर्ने उद्देश्यका साथ सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘केही नेपाल ऐन सं...



