बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
सिरहा । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन्।
पूर्व(पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण केही समयका लागि पूर्व(पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू सडकमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न नसकी समस्यामा परेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
तामाकोसी बस दुर्घटनामा दुई बालकसहित तीन जना अझै बेपत्ता, प्रहरीले जारी गर्यो हुलिया
काठमाण्डौँ । रामेछापको मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोसी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरूको फोटोसहितको हुलिया सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सर्वसाधारण र सम्बन...
बञ्चरे डाँडामा दोस्रो दिन पनि आन्दोलन जारी, फोहोर बोक्ने गाडी बाटोमै रोकिए
काठमाडौँ । बञ्चरे डाँडाका स्थानीयले बिहीबार पनि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोक्दै आन्दोलन जारी राखेका छन् । मागहरू पूरा नभएको भन्दै स्थानीयले दोस्रो दिन पनि करिब ३०० गाडी अवरुद्ध पारेका हुन् । धुनिबेँसी नगरपालिका...
शुक्रबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया म...
माथिल्लो त्रिशूली ३ ‘ए’ टनेलमा ३८ जना फसेको अनुमान : बिस्फोट गराएर टनेलको मुख खोलियो
काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा गत बुधबार आएको भीषण बाढीका कारण ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ टनेल भित्र ३८ जना प्राविधिक तथा कर्मचारी फसेको अनुमान गरिएको छ ।
फसेकाहरूको उद्धारका लागि रातभर निरन्त...
धार्मिक र सांस्कृतिक महत्वका साथ आज देशभर साउने संक्रान्ति मनाइँदै : आजैदेखि दक्षिणायन सुरु
काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्षको साउन १ गते मनाइने रैथाने पर्व साउने अर्थात् कर्कट सङ्क्रान्ति आज देशभर स्नान, दान तथा पूजा–आराधना गरी परम्परागत रूपमा मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले य...



