डेडिकेटेड र ट्रंकलाइन विवाद टुङ्गियो : धरौटीमा लाइन जडान गर्ने सहमति
काठमाडौँ । उच्चस्तरीय छलफलमा डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्तावमा सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलबाट दुवै पक्षलाई स्वीकार्य हुने मध्यमार्गी प्रस्ताव अघि सारिएको हो । प्रधानमन्त्रीको कार्यकक्षमा सोमबार भएको उक्त बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरू र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी थिए।
छलफलमा तयार गरिएको प्रस्तावअनुसार, उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले माग गरेको २८ किस्तामध्ये एक किस्ताको बराबर रकम ‘किस्ता’ नभई ‘विवादित रकम’का रूपमा धरौटी राख्ने व्यवस्था हुनेछ । उक्त धरौटी बुझाएपछि काटिएका विद्युत् लाइनहरू पुनः जडान गरिने भएको छ ।
यसरी धरौटी बुझाउने उद्योगीहरूलाई पुनरावलोकन वा कानुनी उपचार खोज्ने अधिकार यथावत् रहने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ । साथै, प्राधिकरणमा निवेदन दिँदा उद्योगीहरूले आफ्ना असहमति र पुनरावलोकनका कारण स्पष्ट रूपमा उल्लेख गर्न सक्ने व्यवस्था पनि राखिएको छ।
यसअघि विवाद समाधानका लागि महासंघ अध्यक्ष ढकालले आइतबार नै प्रधानमन्त्री कार्की र अर्थमन्त्री खनालसँग भेट गरी पहल गरेका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन
काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ ।
बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७...
भोलि महाशिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? एक पटक ट्राफिक व्यवस्थापनको नियम हेर्ने की ?
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको तयारी पूरा भएको छ । पशुपति क्षेत्रमा रङरोगनदेखि सरसफाइ गरिएको छ । साधु-सन्तहरुको बाक्लो उपस्थिति भइसकेको छ । प्रहरीले पनि पर्वको अवसरमा हुने भिड व्यवस्थापनको योजना बनाइसकेको छ...
सरकारी खर्च कटौती र मितव्ययिताका नाममा सरकारी उच्च अधिकारीलाई नगद सुविधा थप्ने तयारी
काठमाडौँ । उच्च तहका सरकारी अधिकारीहरूले सुविधाको गाडी आफैँ चलाएमा सवारी चालक ड्राइभरले पाउने बराबरको तलब रकम आफैँले पाउने भएका छन् । सरकारले तयार पारेको ‘सरकारी कर्मचारीहरूको सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा यस्तो नया...
एनआरएनएबीच एकता घोषणा
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएन बीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएन...
सञ्चारगृहका गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले छाड्यो
काठमाण्डौँ । विभिन्न सञ्चार माध्यमका कार्यालयको गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइदिएको छ । सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापाको घर अगाडि र भाटभटेनी अगाडि यस...
भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका...



