बिहिबार, १२ कात्तिक २०८३
नेपाली

डेडिकेटेड र ट्रंकलाइन विवाद टुङ्गियो : धरौटीमा लाइन जडान गर्ने सहमति

Main News Image

काठमाडौँ । उच्चस्तरीय छलफलमा डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्तावमा सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलबाट दुवै पक्षलाई स्वीकार्य हुने मध्यमार्गी प्रस्ताव अघि सारिएको हो । प्रधानमन्त्रीको कार्यकक्षमा सोमबार भएको उक्त बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरू र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी थिए।

छलफलमा तयार गरिएको प्रस्तावअनुसार, उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले माग गरेको २८ किस्तामध्ये एक किस्ताको बराबर रकम ‘किस्ता’ नभई ‘विवादित रकम’का रूपमा धरौटी राख्ने व्यवस्था हुनेछ । उक्त धरौटी बुझाएपछि काटिएका विद्युत् लाइनहरू पुनः जडान गरिने भएको छ ।

यसरी धरौटी बुझाउने उद्योगीहरूलाई पुनरावलोकन वा कानुनी उपचार खोज्ने अधिकार यथावत् रहने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ । साथै, प्राधिकरणमा निवेदन दिँदा उद्योगीहरूले आफ्ना असहमति र पुनरावलोकनका कारण स्पष्ट रूपमा उल्लेख गर्न सक्ने व्यवस्था पनि राखिएको छ।

यसअघि विवाद समाधानका लागि महासंघ अध्यक्ष ढकालले आइतबार नै प्रधानमन्त्री कार्की र अर्थमन्त्री खनालसँग भेट गरी पहल गरेका थिए।

mediabaaji add

सम्बन्धित खबर

नयाँ शैक्षिक सत्र सुरु हुनअघि भर्ना र मनपरि शुल्क असुल्नेलाई कारबाहीः शिक्षा मन्त्रालय

काठमाडौँ । सरकारले शैक्षिक सत्र सुरु हुनअघि विद्यार्थी भर्ना गरी अनियमित शुल्क असुल गर्ने विद्यालयविरुद्ध कडा कदम उठाउने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्या...

सञ्चारगृहका गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले छाड्यो

काठमाण्डौँ । विभिन्न सञ्चार माध्यमका कार्यालयको गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइदिएको छ । सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापाको घर अगाडि र भाटभटेनी अगाडि यस...

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज, डिजिटल विभाजन कम गर्ने लक्ष्य

काठमाडौँ । इन्टरनेट तथा सूचना–सञ्चार प्रविधि आइसिटीको माध्यमबाट समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने तथा डिजिटल असमानता घटाउने उद्देश्यका साथ आज मे १७ मा विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम गरी मनाइँदैछ ।

...

नेपालमा पश्चिम वायुको आंशिक प्रभाव,मुख्यतया मौसम सफा रहने

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्...

झिलिमिली बत्तीले सिंगारिए काठमाडौंका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ  । दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सडकसम्म विभिन्न रङका बत्तीले सजावट गरिएपछि...

आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलन जाँचबुझ आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको हो । आयोगले माग...