शुक्रबार, ०२ असोज २०८३
नेपाली

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ४० दिन शोक घोषणा

Main News Image

काठमाडौँ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए ।  ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए । तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए । फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा समेत घोषणा गरेको छ । इरानकै तस्निम न्युज एजेन्सीले पनि खामेनीको मृत्यु पुष्टि भएको जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

थाइल्याण्डमा उच्च गतिमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

काठमाडौँ । थाइल्यान्डको नाखोन राचासिमा प्रान्तमा निर्माणाधीन क्रेन गुडिरहेको एक्सप्रेस रेलमाथि खसेर दुर्घटना भएको छ। यस घटनामा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका यात्रुहरूलाई मुक्त गर्न प्रय...

मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ । मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट...

इरानको स्पष्ट अडान : अधिकार सुरक्षित नभई अमेरिकासँग कुनै सम्झौता हुँदैन

तेहरान । अमेरिका र इरानबीच हुन सक्ने भनिएको सम्भावित सम्झौतालाई लिएर अनिश्चितताको बादल फेरि गहिरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसामु नयाँ र निकै कडा प्रस्तावहरू अघि सारेको चर्चा चलिरहेका बेला तेहरानले भने आफ्ना अधिकारहरू पूर्...

पाकिस्तानका प्रधानमन्त्री साउदी अरब र सेना प्रमुख इरान भ्रमणमा : शान्ति वार्ताको प्रयास

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब र सेना प्रमुख असीम मुनिर इरान पुगेका छन् । जसलाई अमेरिका र इरान बीचको शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावित नयाँ चरणको तयारीको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्र...

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

काठमाण्डौँ । संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पहिचानमाथि नयाँ खतरा उत्पन्न भएको दाबी गर्दै कडा राजनीतिक सन्देश दिनुभएको छ । उहाँले देशभित्रैबाट ‘कट्टरपन्थी र अतिवादीहरू’ बाट चुनौती बढेको...

अब अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने, ‘बर्थ टुरिज्म’ मा ट्रम्पको प्रतिबन्ध

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकताको अधिकारलाई कटौती गर्ने पुनः प्रयास गरेका छन् । यसअघि सर्वोच्च अदालतले उनको यस्तै प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि ट्रम्पले फेरि नयाँ कदम चाले...