बुधबार, ११ कात्तिक २०८३
नेपाली

कमला नगरपालिकाका तत्कालीन मेयरसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Main News Image

काठमाडौँ । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्त नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल ९पाँचौं० सञ्जिव कुमार महतो, जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, तत्कालीन कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन र एस एण्ड एस विल्डर्स प्रालि, धनुषाका अध्यक्ष सन्तोष कुमार यादवविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार उनीहरुले कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा नूनतम कबोल गर्ने फर्मसँग सम्झौता नगरी दोस्रो प्रस्ताव दातासँग मिलेमतोमा सम्झौता गरेको भन्ने आरोप लागेको छ । आर्थिक वर्ष २०७६र७७ मा धनुषा कमला नगरपालिका वडा नं ३ स्थित लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने र घाट निर्माणसहित सौन्दर्यकरण गर्ने आयोजनाको लागि मूल्य अभिवृद्धि करसहित ७५ लाख रुपियाँको लागत अनुमान स्वीकृत गरिएको थियो ।

 

mediabaaji add

सम्बन्धित खबर

शनिबार पनि मतदाता नामावली दर्ता जारी

काठमाडौँ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु भएपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन...

दलीय गतिविधिमा सक्रिय मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भई सक्रिय रहेका तथा चुनाव लड्ने तयारीमा रहेका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अनौपचारिक छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकार गैरदलीय भएकाले...

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने कानुनको मस्यौदा तयार : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई भोट दिन सक्ने व्यवस्था समावेश गरिएको कानुनको मस्यौदा तयार भइसकेको बताएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा बोल्द...