बुधबार, ११ कात्तिक २०८३
नेपाली

कांग्रेसभित्र महाधिवेशन बहस : संस्थापन समूह नै विभाजित

Main News Image

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षका नेताहरू नै विभाजित बनेको छ । महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवाद चर्किएपछि सभापति शेरबहादुर देउवा निकट नेताहरू नै विभाजित बन्न पुगेका हुन् । केन्द्रीय समिति बैठकको अघिल्लो दिन दुवै समूह बेग्ला बेग्लै आन्तरिक छलफलमा जुटेको छ । चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा उभिएका नेताहरू बानेश्वरमा छलफलमा छन् । चुनावअघि नै महाधिवेशन गर्नुपर्ने माग राख्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउने २५ जना कुपन्डोलमा छलफलमा जुटेका छन्।

महाधिवेशनको मितिबारे पेचिलो बनिरहेको बेलामा बिहीबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठकअघि इतर पक्षले पनि नियमित महाधिवेशनको सम्भावना टर्दै गएकाले विशेष महाधिवेशनको पक्षमा निर्णय गराउन दबाब बढाइरहेको छ । सिंगापुरबाट फर्किएका सभापति शेरबहादुर देउवा पनि आफूनिकट नेताहरूसँग परामर्शमा छन् । कावा दिएकाले बैठकमा नजाने भए पनि पार्टीका नेताहरूलाई निवासमै बोलाएर देउवा निरन्तर संवादमा छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने, आइतबार सबै कार्यालय बन्द गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै...

सरकारी संरचनामा रहेका कर्मचारी संगठनका बोर्ड र कार्यालय हटाउन ७ दिने अल्टिमेटम

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा रहेका कर्मचारी आबद्ध संघ–संगठन तथा पेसागत संस्थाका कार्यालयहरू हटाउन सात दिनको समयसीमा तोकेको छ । संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका र सरकारी निका...

रास्वपाका २ जना सांसदले तोडे रवि लामिछानेको रेकर्ड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्रतिनिछि सभा निर्वाचनमा तोडेका छन् । लामिछानेले उपनिर्वाचनमा सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड...