बुधबार, ११ कात्तिक २०८३
नेपाली

म्याग्दीको राहुघाटमा ८४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न

Main News Image

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ । घुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।

‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको तुँदी पावरका कम्पनीका व्यवस्थापक पुष्प डाँगीले जानकारी दिए । ‘तुँदी पावरले प्रवर्द्धन गरेको ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको ‘क्यासकेड’का रूपमा ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्’, उनले भने, ‘चिमखोला–राहुघाट–मङ्गलेले गत साउन २० गतेदेखि व्यापारिक उत्पादन शुरू गरेको हो भने अपर राहुघाट व्यापारिक उत्पादनको चरणमा छ ।’

चार वर्षको अवधिमा निर्माण भएका आयोजना पानीको उपलब्ध स्रोतअनुसार पूर्ण क्षमतामा सञ्चालन गर्नसक्ने अवस्था रहेको व्यवस्थापक डाँगीले बताए । उनका अनुसार दुईवटै आयोजनाको अनुमानित लागत १३ अर्ब हो । यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’बाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए । उनका अनुसार चिमखोलाबाट राहुघाटसम्म ३९ वटा टावर निर्माण भएका छन् ।

चिमखोला–राहुघाट–मङ्गलेको रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै ११० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाई भएको पानी थिग्रयाउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइपलाइन जडान भएको छ । विद्युत्‌बाट सुरुङको आउटलेटको उचाइ ३६० मिटर रहेको इञ्जिनियर तिमिल्सिनाले जानकारी दिए ।

चिमखोला–मङ्गले–राहुघाटको विद्युत्‌बाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा विद्युत्‌गृह रहेको अपर राहुघाटको सुरुङ चार हजार ९०० मिटर लामो छ । आउटलेटबाट विद्युत्‌गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइपलाइन जडान भएको छ ।

‘दुईवटै आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी हो । यी आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्स्ट्रक्सन हो । साउथ एशियन इन्फ्रास्ट्रक्चरले सुरुङ बनाएको हो’, इञ्जिनियर तिमिल्सिनाले भने ।

राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । बन्दीस्थित ठूलोखोलाको विद्युत्‌बाट चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युत्‌गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान

धादिङ । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । 

<...

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्ष...

आज ५ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ काय...

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको...

नेप्सेमा २२.३३ अंकको गिरावट, ८ अर्ब ९९ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २२.३३ अंकले घटेर २७९१.७१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड १८ लाख ४२ हजार ८८७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड २६ लाखको सेयर कारोबार भएको छ ।

आज ४१ कम्पनीको स...

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्ररमण खनाल नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । यसअघि राष्ट्रिय वाणिज्य बैंकमै सिइओका रूपमा कार्यरत खनाललाई बैंक सञ्चालक समितिले बिहीबार दोश्रो कार्यकालका लागि पुनस्  सिइओ नियुक्त गरेको...