गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ढिलाइ, ६५ प्रतिशत मात्रै काम सम्पन्न
चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले अपेक्षित गति लिन सकेको छैन। आगामी पुस २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म ६५ प्रतिशत काम मात्रै पूरा भएको छ।
बागमती प्रदेशबाट बजेट निकासा हुन ढिलाइ हुनु, निर्माण सामग्रीको मूल्य बढ्नु, मौसममा आएको परिवर्तन र पुरानो संरचनामै निर्माण गर्नुपर्ने अवस्थाका कारण काम प्रभावित भएको हो। निर्माण कम्पनीले पनि तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकिने जनाएको छ।
रंगशालाको मुख्य मैदान, विद्युत् जडान तथा केही संरचनाको निर्माण अझै बाँकी छ। चारवटा प्यारापिटमध्ये दुईवटा निर्माण सम्पन्न भएका छन्। तेस्रो प्यारापिटको ९० प्रतिशत र चौथोको ७० प्रतिशत काम सकिएको छ। अहिले दैनिक करिब ८० जना कामदार निर्माणमा खटिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी
काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...
भारत टी–२० विश्वकपको फाइनलमा, इङ्गल्याण्ड ७ रनले पराजित
काठमाडौँ । आयोजक भारत टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतको मुम्बईस्थित वानखेडेको मैदानमा भारत ७ रनले विजयी भयो । २५४ रनको चुनौती पछ्याएको इङ्गल्याण्डले ७ विकेटको क...
एनपिएलः आज विश्राम,भोलि दुई खेल हुने
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४...
सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा, जनकपुर अंकविहीन
काठमाडौँ । सुदूरपश्चिम रोयल्स अपराजित रहँदै नेपाल प्रिमियर लिग एनपीएल टी २० क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै प्लेअफमा पुगेको हो । १४६ रनको चुनौती सुदूरले १७...
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभर...
एनपिएलमा जनकपुरको पहिलो जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद चाखेको हो । यस जितसँगै जनकपुरले अंक तालिकामा...



