गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ढिलाइ, ६५ प्रतिशत मात्रै काम सम्पन्न
चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले अपेक्षित गति लिन सकेको छैन। आगामी पुस २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म ६५ प्रतिशत काम मात्रै पूरा भएको छ।
बागमती प्रदेशबाट बजेट निकासा हुन ढिलाइ हुनु, निर्माण सामग्रीको मूल्य बढ्नु, मौसममा आएको परिवर्तन र पुरानो संरचनामै निर्माण गर्नुपर्ने अवस्थाका कारण काम प्रभावित भएको हो। निर्माण कम्पनीले पनि तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकिने जनाएको छ।
रंगशालाको मुख्य मैदान, विद्युत् जडान तथा केही संरचनाको निर्माण अझै बाँकी छ। चारवटा प्यारापिटमध्ये दुईवटा निर्माण सम्पन्न भएका छन्। तेस्रो प्यारापिटको ९० प्रतिशत र चौथोको ७० प्रतिशत काम सकिएको छ। अहिले दैनिक करिब ८० जना कामदार निर्माणमा खटिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
साम्बाको दुई गोलमा भारतमाथि नेपालको जित
काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो। प्रतियोगिता...
टी-२० विश्वकपमा आजदेखि सेमिफाइनल, भिड्दैछन् न्युजिल्याण्ड र दक्षिण अफ्रिका
काठमाण्डौँ । आइसिसी टी २० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन् । कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ । दक्षिण अफ्रिका सुपर ८ बाट समूह एको...



