आइतबार, ०८ कात्तिक २०८३
नेपाली

नौबिसे–मलेखु खण्डको २७ किलोमिटर सडक निर्माण सम्पन्न

Main News Image

काठमाडौँ । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले तिव्रता पाएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस दोस्रो खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ढलान रिजिड पेभमेन्ट गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव ओझाका अनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति पुर्‍याउने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध सिर्जना भएको थियो। मध्यपूर्वको तनावका कारण बिटुमिन आपूर्तिमा समस्या भए पनि हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि आपूर्ति सहज भएको र कामले पुनः गति लिएको उनले जानकारी दिए ।

योजना प्रमुख ओझाका अनुसार पहिलो खण्ड अन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे खण्डको भौतिक प्रगति भने ८८ प्रतिशत पुगिसकेको  छ। दोस्रो खण्ड नौबिसे–मलेखुमा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनको रहेको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे भइसकेको छ। मौसमको अनुकूलता हेरेर बाँकी काम वर्षा अगाडि नै पूरा गर्ने आयोजनाको लक्ष्य छ।


mediabaaji add

सम्बन्धित खबर

रसुवागढीको सुरुङभित्र कोही भेटिएनन्, सेनाको उद्धार टोली धुन्चे फर्कियो

रसुवा । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजी कार्यमा कोही मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ । बाढीपछि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएप...

काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका सा...

भोटेकोशीमा फेरि बाढी : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुनः भीषण बाढी आएको छ । बाढीका कारण हुनसक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

रसुवाका सहायक प्रमुख...

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लि...

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

मिथिलाको प्राचीन राजधानी जनकप...