गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति बैठकले गर्यो ६ निर्णय
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकले ६ वट निर्णय गरेको छ । शनिबार सभापति थापाको सभापतित्वमा बसेको बैठकका ६ निर्णय गरेको हो। बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिकालगायत विषयमा निर्णय गरेको छ ।
प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले निर्वाचन आयोगको निर्णयलाई कसैको हारजित नभई विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ।
बैठकले देउवाले लामो समयदेखि पार्टी नेतृत्वमा रहेर पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अभिभावकीय भूमिका प्राप्त हुने विश्वाससमेत व्यक्त गरेको चालिसेले बताए ।
कांग्रेसले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ । बैठकले मूल्य र मान्यतामा अडिग रहँदै संविधानको रक्षा र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने निर्णय गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मैदान छोडेर भाग्दै पुराना दलका आशालाग्दा नेता, पार्टीमा बुढाकै हालीमुहाली
काठमाडौँ । पुराना राजनैतिक दलमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला व्यवहारमा भने पुरानै पार्टी प्रमुखले रजगज गरिरहेका छन्। केही दलहरुमा पुराना पार्टी प्रमुखहरु फेरि पार्टी प्रमुखमा स्थापित भइसकेका छन् भने केहीमा नयाँ र आशालाग्दा...
प्रधानमन्त्री कार्कीले बोलाइन् संयुक्त बैठक
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री...
सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको गम्भीर आपत्ति
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभामा नेपाल भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम...



