बुधबार, ११ कात्तिक २०८३
नेपाली

कांग्रेसले ‘१० बुँदामा घोषणापत्र’ ल्याउने

Main News Image

काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा दलको तर्फबाट धारणा राख्दै राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका हुन् ।

दलहरुले लामा घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पुरा नहुने भएकाले कांग्रेसले ‘१० बुँदामा घोषणापत्र’ ल्याउने पनि पौडेलले जानकारी दिए ।  ‘कानुनको दायरामा बसेर नाफा कमाउनेहरुलाई हामीले दलालको ट्याग लगाउनु हुँदैन, यो भास्यको अन्त्य हुनुपर्छ । उनीहरुले रोजगारी सृजना र राज्यलाई तिर्ने कर ठूलो हुन्छ,’ पौडेले भने, ‘व्यवसायीले ठूलो मेहनतले पुँजी निर्माण गरेको हुन्छ । पूँजी निर्माणमा निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्छ ।’

पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सृजना गर्ने खाका दलहरुका घोषणा पत्रमा हुनुपर्ने बताए । नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना पनि घोषणा पत्रमा हुने उनको भनाइ छ ।


mediabaaji add

सम्बन्धित खबर

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपल...

कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने

काठमाडौँ । जेनजी विद्रोहपछि पुराना दलहरुमा पुस्तान्तरणको बहस चर्किंदा नेतृत्व हस्तान्तरणका लागि ‘लचिलो’ देखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समय बित्दै जाँदा शक्ति हस्तान्तरण गर्न अनिच्छुक देखिए...

बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै, राप्रपाको ‘ह्विप’ले बहुमत जुटाउन सकस

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ । 

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम भदौ ३...

बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे मन्त्री तिमिल्सिना र कार्यवाहक प्रमुख डंगोलबीच छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलका समस्या, स्थानीयवासीका गुनासा तथा व्यवस्थापन सुधारका विषयमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग छलफल गरेका छन् ।

छलफलमा बञ्चरेडा...

रास्वपाले चयन गर्‍यो मुख्य सचेतक र सचेतक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतक चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको हो ।

यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रा...

दोस्रो हुनेकै जमानत जफत

काठमाडौँ । रुपन्देही–३ का रास्वपा उम्मेदवार डा। लेखजंग थापाले आफूले चुनाब जित्दा आफूबाहेक प्रतिस्पर्धी सबै उम्मेदवारको जमानत जफत गराइदिएका छन् । यहाँ थापाले चुनाब जित्दा उनीसँग प्रतिस्पर्धामा रहेर दोस्रो हुने उम्मेदवारले पनि जमानत जोगाउन सकेनन् ।<...