कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैः १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो। बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने बताइएको छ । कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरलाई सहमतिमा ल्याउन पटकपटक छलफल गर्दा निष्कर्ष ननिस्किएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए । सभापति देउवा आमनिर्वाचनअघि नै पार्टीको महाधिवेशनका पक्षमा देखिएका छन् ।
कांग्रेसले असोज अन्तिम सातादेखि लगातार बैठक गरे पनि महाधिवेशनबारे टुंगोमा पुग्न सकेको थिएन । कांग्रेसमा विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमागी प्रस्तावसँगै सभापति देउवाले पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि आजको बैठकमा अर्को कार्यतालिकामा सहमति हुनसक्ने देखिएको छ ।
यसका लागि सभापति देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न आइतबार बिहानै निर्देशन दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
माइतीघरमा जेनजीहरूको धर्ना
काठमाडौँ । जेनजी आन्दोलनका पीडितलाई न्याय, पुनर्स्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरी कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरूले धर्ना दिएका छन् ।
परिवार र घाइतेको...
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीसहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी...
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपायले यसबारे छलफल गर्न आकस्मिक बैकठ बोलाएको हो ।
पार्टी प्रवक्ता मन...
प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीले र राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् । आज भएको भेटमा समसामयीक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिध...
मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम...
नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।
अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ...



