चितवनको निलो क्रान्ति फैलिएर देशको पहिलो पार्टी बन्दै छ : रवि लामिछाने
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनबाट सुरु भएको निलो क्रान्ति अहिले देशभर फैलिएर पहिलो पार्टी बन्न लागेको बताएका छन् । मंगलबार चितवन १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चितवन धेरै हिसाबले उर्वर भूमि रहेको बताए ।
‘यो चितवन धेरै हिसाबले उर्वर भूमि हो। देवभूमि, तपोभूमि यो हुँदै हो। तर यो देशको इतिहास लेख्ने भूमि पनि चितवन भएको छ,’ उनले भने ।
चितवनबाटै सुरु भएको रास्वपा देशभर फैलिएको उनको भनाइ थियो । ‘म गर्वका साथ भन्छु तीन वर्ष अगाडि चितवनले रोपेको यो क्रान्ति, निलो क्रान्ति आज फैलिएर देशको पहिलो पार्टी बन्न गएको छ,’ लामिछानेले भने, ‘इतिहास रच्ने यो यात्रा सुरु गरेको चितवनलाई साथ दिन देश भरिका अन्य जिल्लाहरू तयार भएको मैले विभिन्न ठाउँमा जाँदा पाएको छु ।’ उनले आगामी चुनावलाई सामान्य रुपमा नलिन आग्रह गरे। फागुन २१ गते क्रान्ति गर्नुपर्ने उनको भनाइ थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
रवि लामिछानेप्रतिको धारणा सरकारले तत्काल सार्वजनिक गर्नुपर्छ : अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले सुशीला कार्की नेतृत्वको सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् । अर्यालले भने, सुशीला कार्की नेतृत्वको सर...
प्रतिनिधिसभा बैठक बस्दै : चार विधेयक प्रस्तुत हुने
काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्री...
विशेष महाधिवेशन नगरी यथास्थितिमा रहनु आत्मघाती हुनेछ _अर्जुननरसिंह केसी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित फागुनको चुनावका लागि जनतामा जानुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा विचार लेख्दै नेता केसीले त्यसो नगरी यथास्थितिमा रहनु दुर्घटना र आ...
मन्त्री चयनमा रवि-बालेनको आ-आफ्नै दाउ
काठमाडौँ । झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच सरकार गठनका विषयमा निरन्तर छलफल भइरहेको छ । अबको एक हप्ताभित्र बालेन नेतृत्वमा सरकार गठनको तया...



