बुधबार, ११ कात्तिक २०८३
नेपाली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

Main News Image

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने  सम्भावना छ ।

त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ । 


mediabaaji add

सम्बन्धित खबर

स्वयम्भू, बालाजु र देवीनगरका सुकुम्बासी वस्ती हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ...

पहिरोले नदी थुनिएर नेपालतर्फ फेरि ताल बन्यो, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

काठमाडौँ । नेपालस्थित छोगेन खोला र पुरेपु साङपो नदीको सङ्गमस्थल नजिकै एउटा ठूलो पहिरोजन्य ताल  बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । बिहीबार बिहानसम्ममा उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिर बहन ओभरफ्लो हुन...

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली आकाशमा बादल रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ...

३६ घण्टादेखि धनकुटा बजारमा बिजुली अवरुद्ध

काठमाडौँ । सोमबार राति आएको शक्तिशाली हावाहुरीका कारण अवरुद्ध भएको धनकुटाको विद्युत आपूर्ति आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ । केही क्षेत्रमा लाइन जोडिए पनि सदरमुकाम क्षेत्र भने अझै विद्युतविहीन अवस्थामा रहेको छ ।

नेपाल विद्युत प्राधिकरण, ध...

सेवा प्रवाहमा नयाँ अभ्यास, राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

काठमाडौँ । सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्‍याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरुप राहदानी र सवारीचालक अनुमतिपत्र लाइसेन्स अब घरमा पुर्‍याउन थालिएको छ । यस्ता सेवा लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्न...

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागम...