पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना छ ।
त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
लगातारको वर्षा र पहिरोले मुख्य राजमार्गहरू प्रभावित : पृथ्वी र बिपी राजमार्ग पूर्ण अवरुद्ध
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार विभिन्न प्रदेशका महत्त्वपूर्ण सडकहरू पूर्ण...
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।
रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
रामेछाप । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिबार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त राजमार्ग सोमबार साँझबाट सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको स्थानमा पुनः अस्थ...
भोटेकोशी बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा मृत्यु भएकाहरूको सम्झनामा घटनाको १३औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको...
वीरगञ्जको सम्पदा जोगाउन काठमाडौंमा प्रदर्शन
काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलामा वीरगञ्जको ऐतिहासिक तथा प्राचीन सम्पदा संरक्षणको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले ‘वीरगञ्जमा डोजर आतंक बन्द गर’, ‘वीरगञ्जको ऐतिहासिक प्राचीन सम्पदा मास्न पाइदैन’ लेखिएका पम्प्लेट बोकेर विर...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा...



