बिहिबार, १२ कात्तिक २०८३
नेपाली

कोशी, बागमती र गण्डकी सहित धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी र गर्मी

Main News Image

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली भई कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । मधेश प्रदेशमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली हुने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा पानी पर्ने सम्भावना छ । यस्तै मधेश प्रदेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ। यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने आज पनि अत्यधिक गर्मी तातो दिन हुने सम्भावना छ ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३६ सवारी चालक कारबाहीमा, १०२ जना मापसे परे

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ३३६ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरेको छ। शनिबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन मापसे गरी सवारी...

कम्बोडियाबाट २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो ।

...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा सामान्य बदलाब देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको हिमाली भूभागमा साधारणतया बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया...

मेलम्चीको पानी आपूर्ति बन्द

काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि...

धेरै भारी वर्षा/हिमपातको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । यस साताको अन्त्यमा देशमा धेरै भारीसम्म वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका...

भारी वर्षाको जोखिम : बैतडी र दार्चुलामा २४ घण्टाका लागि सवारीसाधन सञ्चालनमा रोक

बैतडी । लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम उच्च भएपछि सुदूरपश्चिमका दुई पहाडी जिल्ला बैतडी र दार्चुलामा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिक...